fbpx

गृहपृष्ठ प्रधानमन्त्री भन्छन्- ज्वरो आएर आराम गरेँ, हावा हालेर समाचार बन्यो

प्रधानमन्त्री भन्छन्- ज्वरो आएर आराम गरेँ, हावा हालेर समाचार बन्यो

kp-oli-japha-people-newskarobar

प्रधानमन्त्री केपी शर्मा ओलीले ज्वरो आएर आराम गर्दा हावा हालेर समाचार बनेको भन्दै मिडियामाथि व्यंग्य गरेका छन् । आफ्नो स्वास्थ्य अवस्था बुझ्न पुगेका गृहजिल्ला झापाका जनप्रतिनिधि र कार्यकर्तासँग शुक्रबार बालुवाटारमा प्रधानमन्त्री ओलीले भने, ‘म तन्दुरुस्त छु ।’

प्रधानमन्त्री ओली स्वस्थ रहेको सन्देश दिन सामूहिक तस्बिर सार्वजनिक गरिएको बुझिएको छ । फोटोमा अर्थमन्त्री डा. युवराज खतिवडा, झापा क्षेत्र नम्बर ५ का नेकपा कार्यकर्ता तथा उद्योगी, व्यवसायी छन् ।

सिंगापुरमा स्वास्थ्य जाँच गरेर फर्किएपछि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा पुनः समस्या आएको समाचार बाहिर आएको थियो ।

प्रकाशित समय १३:३२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु