fbpx

गृहपृष्ठ प्रदेश २ को नामकरणमा दलहरुको आ-आफ्नै रटान

प्रदेश २ को नामकरणमा दलहरुको आ-आफ्नै रटान

मिथिला, मधेस र भोजपुरामा रस्साकस्सी

pradesh2-province2-newskarobar

प्रदेश दुईको नामकरणका विषयमा दलहरुले आ-आफ्नै अडान दोहोर्याएका छन् । प्रदेश सरकार गठन भएको झण्डै २ वर्ष हुन लाग्दा पनि प्रदेशको राजधानी र नामकरण हुन सकेको छैन ।

प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै नाम र राजधानीको प्रस्ताव दर्ता गाउन भदौ ५ गतेसम्मको समयसीमा दिएपछि दल र सांसदहरु आ-आफ्नो अडानमा लविङ गर्न कस्सिएका छन् । यतिबेला दलहरु आन्तरिक छलफलमा जुटेको नेकपा सासद रामचन्द्र मण्डलले बताए । उनले भने, ‘प्रदेश २ को नाम मिथिला भोजपुराको पक्षमा हामी छौं ।’

नेकपाकै सांसद शत्रुधन महतोले प्रदेशको राजधानी जनकपुरधाम, भाषा मैथिली हुनुपर्नेमा दलहरुबीच खासै मतभिन्नता नरहेको भए पनि नामको विषय पेचिलो बनेको बताए । आफूहरु ऐतिहासिक, भौगोलिकता र संस्कृतिलाई समेट्दै मिथिला, भोजपुरा, जनकपुर, जानकी वा जनक प्रदेशको पक्षमा रहेको महतोले बताए । उनले भने, ‘हामीले प्रदेश २ का ८ वटै जिल्लाबासीको अपनत्व हुने गरी निर्णय लिनुपर्छ ।’

नेपाली कांग्रेस प्रदेश २ संसदीय दलका नेता रामसरोज यादवले प्रदेशको नाम मिथिला हुनेपर्नेमा जोड दिएका छन् । उनले सुरुदेखि नै मिथिलाबाहेक अन्य नाम मान्य नहुँने बताउँदै आएका छन् । सांसद यादवले मिथिलाको पछाडि भोजपुरा जोडे पनि आफूहरुलाई स्वीकार्य रहेको तर मधेश प्रदेशको पक्षमा कदापी हुन नसक्ने बताए ।

प्रदेश २ को सत्ता साझेदार राष्ट्रिय जनता पार्टी नेपालका सचेतक परमेश्वर साहले मधेस र मधेसीको बाहुल्यता रहेको प्रदेशको नाम पनि मधेस हुनुपर्ने बताए । सत्ताधारी समाजवादी पार्टीका सांसदहरु समेत मधेस प्रदेशकै पक्षमा रहेको उनको भनाइ छ । राजधानी जनकपुर हुनुपर्ने आफुहरुको धारणा रहेको साहको भनाइ छ ।

अहिलेसम्म सबै दलहरुबीच स्थायी राजधानीका विषयमा मतान्तर देखिएको छैन । तर नामको विषय भने दिन प्रतिदिन पेचिलो बन्दै गएको छ । मुख्यतः तीन दलबीच नामाकरणका विषयमा रस्साकस्सी हुने देखिएको छ ।

प्रदेश सभाका १ सय ७ सांसदमध्ये सत्तारुढ समाजवादी र राजपाका ५५ सांसद छन् । प्रमुख प्रतिपक्षी नेकपाका ३२ र नेपाली कांग्रेसका १९ सांसद छन् । यो अवस्थामा ‘मेरो गोरुको बाह्रै टक्का’ भन्ने अवस्था कसैको देखिँदैन । सत्तारुढसँग दुईतिहाइ बहुमत नरहेकाले विपक्षी कांग्रेस वा नेकपामध्ये एकसँग नमिलि यो विषयको टुंगो लाग्ने देखिँदैन ।

प्रकाशित समय ११:४० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु