fbpx

गृहपृष्ठ प्रधानमन्त्री ओली सोमबार फर्किँदै

प्रधानमन्त्री ओली सोमबार फर्किँदै

kp oli_newskarobar फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा स्वास्थ्य परीक्षण सकेर सोमबार स्वदेश फर्किने भएका छन् ।

प्रधानमन्त्री आइतबार आउने भनिए पनि सोमबार अपराह्न मात्रै फर्कने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि साउन १८ गते सिंगापुर गएका थिए । प्रधानमन्त्री ओलीको सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भएको छ ।

प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ जना छन् ।

प्रकाशित समय १९:३६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु