fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ कर्णाली प्रदेश सभाको संसदीय समितिमै अड्किए महत्वपूर्ण सात विधेयक

कर्णाली प्रदेश सभाको संसदीय समितिमै अड्किए महत्वपूर्ण सात विधेयक

karnali-newskarobar.com फाइल तस्बिर

कर्णाली प्रदेश सरकार गठन भएदेखि हालसम्म चारवटा अधिवेशन सञ्चालन भइसकेका छन् । चारवटा अधिवेशनको अवधिमा संसद सचिवालय कर्णाली प्रदेशमा ३२ वटा विधेयक अघि बढेका छन् ।। तीमध्ये सातवटा विधेयक सभाबाट निर्णय भई छलफलका लागि विषयगत समितिमा पठाइएको संसद सचिवालयका कानुन अधिकृत रामबहादुर चन्दले जानकारी दिए ।

सभाबाट पारित हुन बाँकी रहेका विधेयकमा प्रदेशमा खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, कर्णाली प्रदेश आर्थिक कार्यविधि विधेयक २०७४ लाई पहिलो संशोधन गर्न बनेको विधेयक, सार्वजनिक र निजी क्षेत्रको साझेदारीको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र खाद्य उत्पादन, अधिकार तथा सम्प्रभुता सुनिश्चित गर्न बनेको विधेयक २०७५ रहेका छन् । त्यस्तै कर्णाली प्रदेश स्वयंसेवक परिचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रांगारिक कृषिसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५ र सामाजिक संघसंस्था सञ्चालन तथा व्यवस्थापन विधेयक २०७४ सभाबाट निर्णय भए पनि छलफलमै अड्किएका छन् ।

विभिन्न संसदीय समितिमा उक्त विधेयक छलफलकै क्रममा रहेको चन्दले बताए । चन्दका अनुसार संसदमा दर्ता भई सभामा टेबुल भई विभिन्न संसदीय समितिमा छलफल भई सभाबाट पारित भएका विभिन्न २१ वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भइसकेका छन् । त्यस्तै तीनवटा विधेयक संसद सचिवालयमा दर्ता भई सभामा टेबुल हुन बाँकी छन् ।

सभामा टेबुल हुन बाँकी रहेका विधेयकहरुमा कर्णाली पूर्वाधार विकास प्राधिकरण ऐन २०७६, उपभोक्ता संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ र प्रदेशमा घरेलु हिंसा नियन्त्रण गर्ने सम्बन्धमा बनेको विधेयक छन् । त्यस्तै एउटा विधेयक भने प्रदेश सभाबाट पारित भई प्रमाणीकरण हुन बाँकी रहेको उनले बताए ।

कर्णाली प्रदेशका प्रमुख दुर्गाकेशर खनालबाट प्रमाणीकरण हुन बाँकी रहेको कर्णाली प्रदेशमा सुशासन प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ रहेको छ । संसद सचिवालयमा दर्ता भएका र प्रदेश सभामा टेबुल हुन बाँकी रहेका विधेयक आउँदो संसद बैठकमा टेबुल हुने संसद सचिवालयका निमित्त सचिव वीरेन्द्र केसीले बताएका छन् । यद्यपि कर्णाली प्रदेश सरकारको आगामी बैठक कहिले बस्ने भन्ने टुङ्गो भने अझै लागिसकेको छैन । केही आन्तरिक तयारीका कारण बैठक बस्न नसकेको केसीले बताए ।

प्रकाशित समय ०८:१५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु