fbpx
Nepal Mediciti

गृहपृष्ठ कांग्रेसले भन्यो- ट्रेड युनियनमाथि प्रतिबन्ध अस्वीकार्य

कांग्रेसले भन्यो- ट्रेड युनियनमाथि प्रतिबन्ध अस्वीकार्य

congress-newskarobar.com

नेपाली कांग्रेसले ट्रेड युनियनमाथि प्रतिबन्ध अस्वीकार्य अस्वीकार्य हुने औपचारिक निर्णय गरेको छ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलका क्रममा रहेको ‘निजामती सेवाको गठन, सञ्चालन र संवादका सर्त’ सम्बन्धी विधेयकमाथिको छलफलमा केही सांसदले आधिकारिकबाहेकका ट्रेड युनियन खारेज गर्नुपर्ने पक्षमा आवाज उठाएपछि कांग्रेसले औपचारिक धारणा सार्वजनिक गरेको हो ।

विधेयकको दफा १२० को उपदफा ६ मा रहेको आधिकारिक ट्रेड युनियनबाहेक अन्य कुनै पनि युनियन वा निजामती कर्मचारीको समूहले आफ्ना हकहितका लागि मागसमेत प्रस्तुत गर्न नपाउने व्यवस्था संविधानले प्रत्याभूत गरेको अधिकार विपरीत रहेको कांग्रेसको ठहर छ । ट्रेड युनियनलाई व्यवस्थित र व्यावहारिक बनाउने विषयमा छलफल गर्न सकिने तर घुमाउरो ढंगले प्रतिबन्धित नै गर्ने नियतसँग कांग्रेसले सम्झौता गर्न नसक्ने प्रवक्ता विश्वप्रकाश शर्माले बताए । ‘नेपाली कांग्रेस मुलुकमा लोकतन्त्र स्थापनाका लागि योगदान गरेका कुनै पनि संस्थालाई निरुत्साहित र निषेध गर्ने कदमविरुद्ध छ र रहनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले गोंगवु बसपार्कको प्रकरणप्रति पनि गम्भीर ध्यानाकर्षित भएको जनाएको छ । जापान सरकारको सहयोगमा निर्मित बसपार्कमा जाइकासँगको सहमतिभन्दा बाहिर गएर अनेक संरचना निर्माण गरिएको, १६० रोपनी जग्गा गलत नियतका साथ दुरुपयोग गरिएको र त्यसको कागजी वैधानिकताका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तत्कालीन नेतृत्वले आयोगलाई अनाधिकृत ढंगले प्रयोग गराएको कांग्रेसले जनाएको छ । गहिरो अनुसन्धान गरेर आवश्यक कारबाही प्रक्रिया अघि बढाउन अख्तियारको वर्तमान नेतृत्वलाई कांग्रेसले सार्वजनिक अपिल गरेको छ ।

त्यस्तै सत्तारुढ नेकपाको केन्द्रीय कार्यालय नै नियम र नैतिकताविपरीत सरकारी जग्गामा रहेको समाचारले अचम्भित र दुःखित तुल्याएको भन्दै कांग्रेसले सरकारी जग्गाको भोगचलनसँग सम्बन्धित नीति नियमको पालनामा स्वयं सत्तारुढ दलले गम्भीरता राख्दैन भने अरुका लागि उपदेशको नैतिकता कारुणिक बन्ने बताएको छ ।

प्रकाशित समय १७:१९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु