गृहपृष्ठ मंसिरपछि १४औं महाधिवेशन प्रक्रिया अघि बढाउने कांग्रेसको निर्णय

मंसिरपछि १४औं महाधिवेशन प्रक्रिया अघि बढाउने कांग्रेसको निर्णय

संघीय व्यवस्थामा रुपान्तरण हुन अन्तरिम संरचना गठन गरिने

congress-newskarobar.com

नेपाली कांग्रेसले पार्टी संगठनको स्थानीय संरचनालाई रुपान्तरण गरी संघीय व्यवस्थाबमोजिम अन्तरिम संरचना गठन गर्ने भएको छ । कांग्रेसले १३औं महाधिवेशनका क्रममा बनेको पार्टी संगठनको स्थानीय संरचनालाई रुपान्तरण गरी संघीय व्यवस्थाबमोजिम विधानको धारा ७२ मा उल्लेखित पार्टीको अन्तरिम संरचना गठन गर्ने निर्णय गरेको हो ।

केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले संघीय संरचनामा जान आवश्यक निर्देशिका केन्द्रीय कार्यसमितिको बैठकमा पेस गरी पारित गर्ने निर्णय पनि गरेको छ । कांग्रेसले अन्तरिम संरचना गठन तथा १३औं महाधिवेशनअघि केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा गठित क्रियाशील सदस्यता छानबिन समितिले निर्णय गरेबमोजिमको क्रियाशील सदस्य अभिलेख अद्यावधिक गर्ने काम पनि २०७६ मंसिर मसान्तभित्र सम्पन्न गर्ने भएको छ । त्यसपश्चात बस्ने केन्द्रीय कार्यसमितिको बैठकले १४औं महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने बैठकले निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले  जानकारी दिए ।

बैठकमा सभापति शेरबहादुर देउवा पनि उपस्थित थिए । आजको बैठकमा नेता रामचन्द्र पौडेल एवं केन्द्रीय सदस्यहरु बालकृष्ण खाँण, रमेश रिजाल, डा. मिनेन्द्र रिजाल, फरमुल्लाह मन्सुर, एनपी साउद, शंकर भण्डारी, मीन विश्वकर्मा र वीरबहादुर बलायरले आ-आफ्ना विचार व्यक्त गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार २२ गतेदेखि जारी छ ।

प्रकाशित समय २१:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु