fbpx

गृहपृष्ठ प्रधानमन्त्रीलाई वाइपास गर्नेलाई कारबाही गर्नुपर्छ : कमल थापा

प्रधानमन्त्रीलाई वाइपास गर्नेलाई कारबाही गर्नुपर्छ : कमल थापा

Kamal-Thapa-newskarobar

राप्रपाका अध्यक्ष कमल थापाले भारतका विषादीयुक्त तरकारी र फलफूलको आयात रोक्ने सरकारी निर्णय स्वागतयोग्य भएपनि फिर्ता लिएको प्रति दुख व्यक्त गरेका छन् । शुक्रबार विराटनगरमा संचारकर्मीहरु सँग कुरा गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् ।

उनले सोही प्रकरणमा भारतको पत्र लुकाएर प्रधानमन्त्रलाई समेत वाइपास गर्ने कार्य मुलुकका लागि अहित हुने भएकाले तत्काल कारवाही गर्नुपर्ने बताए । उनले वर्तमान सरकारले कुनै पनि राम्रो काम गर्न नसकेको भएपनि देशी विदेशी तत्वको उक्साहटमा सडक आन्दोलन गरेर सरकारलाई असफल गराउने प्रयासले मुलुकमा थप द्वन्द्व निम्तिने खतरा रहेको धारणा व्यक्त गरेका छन् ।

जनताले ५ वर्षको म्यान्डेट दिएर पठाएको सरकारलाई गैरसंवैधानिक र सडक आन्दोलनबाट हटाउन खोज्नु गलत हुने टिप्पणी गरे । उनले सरकारलाई सचेत गराउन सडक आन्दोलन गर्न सकिने र ५ वर्ष पछि जनताको म्याण्डेटबाट मात्र सरकारलाई विस्थापित गर्नुपर्ने बताए ।

एक प्रश्नको जवाफमा अध्यक्ष थापाले हिंसाको माध्यमबाट कुनै पनि राजनैतिक दल सफल हुन नसकेको नेपाल कै उदाहरणलाई आत्मसात गर्दै विप्लव समुहलाई हतियार त्यागेर वार्तामा आउन आग्रह गरे । उनले सरकारले विप्लव समूहलाई राजनीतिक शक्तिको मान्यता दिएर प्रतिबन्ध हटाउन पनि आग्रह गरे ।

प्रकाशित समय १८:१६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु