fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ कांग्रेसले भन्यो- विप्लव र सरकार दुवैको शैली गलत

कांग्रेसले भन्यो- विप्लव र सरकार दुवैको शैली गलत

'भोजपुर घटनाको यथार्थ तत्काल सार्वजनिक गर'

bishwa-prakash-newskarobar

नेपाली कांग्रेसले विप्लवको हिंसाझैं सरकारको निषेधको रणनीति पनि गलत भएको ठहर गरेको छ । बुधबार भोजपुरमा भएको झडपमा दुई ज्यानको ज्यान गएको प्रसंग उठाउँदै कांग्रेसले दर्ता नै नरहेको समूहमाथि प्रतिबन्धको घोषणाले समाधान होइन, तनाव सिर्जना गर्न सहयोग पु–याएको बताएको हो ।

विप्लवमाथिको प्रतिबन्धले समस्या समाधानको संकेत नदेखिएको भन्दै कांग्रेसले निषेधको नीति त्यागेर संवादमार्फत समाधान पहिल्याउन प्रधानमन्त्रीको शासकीय योग्यता देशले खोजेको बताएको छ । कांग्रेसले भनेको छ– काठमाडौंमा बम बिस्फोटबाट जनधनको क्षति, सर्लाहीको `फेक इन्काउन्टर´ र पूर्वी पहाडमा `फेक इन्काउन्टर´को पहिलो घटनापश्चात आज दुई युवाको जीवन समाप्तिको घटनाले अब विषयलाई विशेष गम्भीर ढंगले लिन र समाधानको खोजी गर्न पर्याप्त दबाब सम्बन्धित दुवै पक्षलाई बढाएको हुनुपर्छ ।’

दशक लामो हिंसात्मक द्वन्द्वबाट शान्ति र समृद्धिको नवीन अध्यायमा प्रवेश गरेको मुलुक रक्तपातका दृश्य पुनः सामना गर्न किमार्थ तयार नभएको कांग्रेसले जनाएको छ । कांग्रेसले विप्लवलाई हत्या-हिंसाको मार्ग तत्काल परित्याग गरेर शान्तिपूर्ण राजनीतिमा आउन पनि अपिल गरेको छ ।

भोजपुरमा भएको झडपमा प्रहरी जवान सञ्जीव राई र विप्लव समूहका कार्यकर्ता निरकुमार राइपनीको मृत्यु भएको छ ।

प्रकाशित समय १९:२५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु