fbpx
Nepal Mediciti

गृहपृष्ठ प्रधानमन्त्रीको पत्रकार सम्मेलन (लाइभ)

प्रधानमन्त्रीको पत्रकार सम्मेलन (लाइभ)

kp-oli-pm-newskarobar

प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्दै । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गरेर आफ्ना कुरा राख्न नदिएपछि प्रधानमन्त्रीले पत्रकार सम्मेलन आयोजना गरेका हुन् ।

मंगलबार संसद बैठकमा प्रधानमन्त्रीले युरोप भ्रमण, गुठी विधेयक र लोकसेवा विज्ञापनबारे प्रस्ट पार्ने कार्यतालिका थियो । तर, कांग्रेसले निरन्तर नाराबाजी गरेपछि संसद बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।

गुठी विधेयकविरुद्ध आन्दोलनरत गुठियार एवं विभिन्न संघ-संस्थाले विरोध तीव्र बनाउँदै बुधबार वसन्तपुरमा विशाल विरोध -याली निकाल्ने तयारी गरिरहेका बेला प्रधानमन्त्रीले पत्रकार सम्मेलन गरी आफ्ना कुरा राखेका हुन् । गुठी विधेयक, युरोप भ्रमण, लोकसेवा आयोगको समसामयिक विषयबारे सदनलाई जानकारी गराउन नपाएको भन्दै प्रधानमन्त्रीले दुःख व्यक्त गरेका थिए ।

प्रकाशित समय १७:१८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु