fbpx
Nepal Mediciti

गृहपृष्ठ प्रधानमन्त्री ओली र फ्रान्सेली प्रधानमन्त्री फिलिपेबीच भेटवार्ता

प्रधानमन्त्री ओली र फ्रान्सेली प्रधानमन्त्री फिलिपेबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र फ्रान्सका प्रधानमन्त्री इडियार्डों फिलिपेबीच भेटवार्ता भएको छ ।

नेपाल र फ्रान्सबीच सम्बन्ध स्थापनाको ७० वर्ष पूरा भएको अवसरमा फ्रान्स भ्रमणमा रहेका प्रधानमन्त्री ओली र समकक्षी फिलिपेबीच बिहीबार साँझ भेटवार्ता भएको हो ।

भेटमा दुई देशबीचको सम्बन्ध थप बलियो बनाउने, द्विपक्षीय सम्बन्ध, व्यापार, लगानी लगायतका विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री ओली बिहीबार दिउँसो पेरिसस्थित नेपाली दुतावासद्वारा आयोजित कार्यक्रममा सहभागी भएका थिए ।

प्रधानमन्त्री ओलीले बुधबार व्यवसायीसँग भेट्दै नेपालमा ढुक्क भएर लगानी गर्न आग्रहसमेत गरेका थिए ।

प्रकाशित समय ०९:१० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु