fbpx
Nepal Mediciti

गृहपृष्ठ प्रधानमन्त्रीको बेलायत व्यस्तता : समकक्षी टेरिजा मे र राजकुमार ह्यारीसँग भेट

प्रधानमन्त्रीको बेलायत व्यस्तता : समकक्षी टेरिजा मे र राजकुमार ह्यारीसँग भेट

बेलायत भ्रमणको दोस्रो दिन प्रधानमन्त्री केपी शर्मा ओली भेटघाटमा यस्त रहे ।
ओलीले एकै दिन बेलायती प्रधानमन्त्री टेरिजा मे, राजकुमार ह्यारी, प्रतिपक्षी दलका नेता जेरेमी कोर्बिन, भूतपूर्व गोर्खा सैनिक र एनआरएनसँग छुट्टाछुट्टै भेट गरे ।

मंगलबार बिहान उनल राजकुमार ह्यारीसँग भेट गरे । भेटमा प्रधानमन्त्री ओलीले नेपालमा भूकम्पपछि पुनर्निर्माणको काममा सघाएकोमा राजकुमार ह्यारीलाई धन्यवाद दिए । राजकुमार ह्यारीसँगको आधा घण्टाको भेटपछि प्रधानमन्त्री ओली, बेलायती प्रधानमन्त्री टेरिजा मेलाई भेट्न टेन डाउनिंग स्ट्रिट पुगे ।

उनलाई प्रधानमन्त्री मेले स्वागत गरिन् । मे र ओलीबीच प्रविधि हस्तान्तरण र लगानीका विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए ।

ओलीले भूतपूर्व गोर्खा सैनिकका मागमा ध्यान दिनसमेत बेलायती प्रधानमन्त्री मे को ध्यानाकर्षण गराएका थिए । मेले आफ्ना उत्तराधिकारीलाई यसबारे जानकारी गराउने बताएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका छन् ।

मंगलबार दिउँसो ओलीले अल पार्टी पार्लियामेंटरी ग्रुप अन नेपालका सदस्यहरुसँग भेट गरे । मंगलबारै प्रधानमन्त्री ओलीले लन्डनस्थित बीबीसीको मुख्यालय पुगेर अन्तर्वाता पनि दिए ।

बिहान उनले लन्डनस्थित नेपाली दूतावासमा भूतपूर्व गोर्खा सैनिकका नेता, ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स, रोयल बोटेनिक गार्डेन एडिनबराका प्रतिनिधिसँग बेग्लाबेग्लै भेटेका थिए ।

गैर आवासीय नेपाली संघ युकेले उनलाई नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान गरेको भन्दै बेलायतवासी नेपालीहरुको तर्फबाटनागरिक अभिनन्दन गरेको थियो । बेलायती सेनाबाट सेवानिवृत्त गोर्खा सैनिकहरुले समान पेन्सन लगायतका समस्या समाधान गर्न बेलायत सरकारसँग उच्चस्तरीय वार्ता टोली बनाउन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् ।

यस्तै, बेलायतका लगानीकर्ताहरुले प्रधानमन्त्री ओलीसँग दोहोरो कर प्रणाली हटाउन आग्रह गरेका छन् । ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजन कँडेलको नेतृत्वमा ब्रिटिस, भारतीय मूलका ब्रिटिस र नेपाली डायस्पोराका करिब २० जनाको प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीलाई भेटेका थिए ।

प्रकाशित समय ०८:२७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु