fbpx
Nepal Mediciti

गृहपृष्ठ सरकार गुठियारविरूद्ध गएको भन्दै कांग्रेसद्वारा संसद अवरुद्ध

सरकार गुठियारविरूद्ध गएको भन्दै कांग्रेसद्वारा संसद अवरुद्ध

pratinidhi sabha- newskarobar

सरकारले गुठियारमाथि धावा बोलेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ । प्रतिनिधिसभाको सोमबारको बैकठमा नेपाली परम्परा, धर्म र संस्कृतिमाथि आँच ल्याउने उद्देश्यसहित सरकारले गुठी विधेयक ल्याएको र त्यसविरुद्ध बोल्दा टाउको फुटाउने स्थिति आएको भन्दै कांग्रेसले संसद अवरोद्ध गरेको हो ।

भूमिसुधार तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले गुठी विधेयक नेपाली धर्म र संस्कृतिविरुद्ध नआएको स्पष्टीकरण दिएकी थिइन् । तर, कांग्रेसले त्यसमा चित्त बुझाएन ।

आइतबार गुठियारमाथि प्रहरीले गरेको दमनबारे गृहमन्त्रीले स्पष्टीकरण नदिएसम्म संसद चल्न नदिने अडान कांग्रेसले लिएको छ ।

प्रकाशित समय १३:३६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु