fbpx
Nepal Mediciti

गृहपृष्ठ प्रधानमन्त्री ओली स्वदेश फिर्ता

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

kp_oli_newskarobar फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको एक साता औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्कनुभएको छ । समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुकको निमन्त्रणामा वैशाख २६ देखि ३० वैशाखसम्म भियतनाम र त्यसपछि कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा कम्बोडिया भ्रमण सकेर प्रधानमन्त्री बुधबार साँझ स्वदेश फर्किएका हुन् ।

प्रधानमन्त्रीका साथमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायतका प्रतिनिधिमण्डलका सदस्य पनि आजै स्वदेश फर्किएका छन् । प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल,  गृहमन्त्री रामबहादुर थापा, नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङका साथै उच्चपदस्थ कर्मचारीले स्वागत गरेका थिए ।

प्रकाशित समय १९:४० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु