fbpx
Nepal Mediciti

गृहपृष्ठ प्रदेश ३ को प्रदेशसभामा राजधानीको विषय प्रवेश, हट्यो अवरोध

प्रदेश ३ को प्रदेशसभामा राजधानीको विषय प्रवेश, हट्यो अवरोध

pradesh-3-newskarobar

प्रदेश ३ को प्रदेशसभामा राजधानीको विषयले प्रवेश पाएको छ । प्रदेशसभामा राजधानीको विषयले प्रवेश पाएसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोध हटेको छ ।

कांग्रेसले प्रदेशसभाले आफ्नो स्थापनाको डेढ वर्ष पूरा गरिसक्दा पनि स्थायी राजधानी नटुंग्याएको भन्दै प्रदेशसभाको बर्खे अधिवेशनको पहिलो दिन नै संसद् अवरुद्ध गरेको थियो । सत्तारुढ नेकपा र कांग्रेसबीच सहमतिपछि मंगलबारदेखि नै स्थायी राजधानीका लागि प्रक्रियासमेत शुरु गरिएको छ । प्रदेशको राजधानीको विषय मंगलबार प्रदेशसभामा पेश भएको छ ।

नेकपाका मुख्य सचेतक रामेश्वर फुयाँलले राजधानीसम्बन्धी प्रस्ताव पेश गरेका हुन् ।  प्रस्तावलाई नेपाली कांग्रेसकी प्रमुख सचेतक राधा घलेले समर्थन गरेकी थिइन् ।

प्रकाशित समय ११:५५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु