fbpx
Nepal Mediciti

गृहपृष्ठ सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आज सुरु हुने

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आज सुरु हुने

३० अर्ब रुपैयाँभन्दा बढीको बजेट ल्याउने तयारी

sudur-paschhim-newskarobar

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आज सुरु हुँदैछ । प्रदेश सरकारको निर्णयअनुसार जेठ १ गतेका लागि बजेट अधिवेशनको पहिलो बैठक डाकिएको हो ।

बैठक दिउँसो ३ बजे सुरु हुने संसद् सचिवालयले जनाएको छ । प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार प्रदेश प्रमुख मोहनराज मल्लबाट बजेट अधिवेशन आह्वान भएको सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापाले बताए ।

पहिलो बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रमुख प्रतिपक्षी दलका नेता डा रणबहादुर रावल लगायतले बोल्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । प्रदेशसभामा ‘प्रादेशिक औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ समेत दर्ता हुने कार्यसूचि रहेको बताइएको छ ।

प्रदेश सरकारले यो आर्थिक वर्षका लागि ३० अर्ब रुपैयाँभन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ ।

प्रकाशित समय ०८:३३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु