fbpx
Nepal Mediciti

गृहपृष्ठ कर्णालीको चौथो अधिवेशन जेठ १० देखि

कर्णालीको चौथो अधिवेशन जेठ १० देखि

karnali-newskarobar

कर्णाली प्रदेशको चौथो अधिवेशन जेठ १० गते बस्ने भएको छ । कर्णाली प्रदेश सरकारको २४ गते बसेको मन्त्रिपरिषद बैठकले संसदको बैठक जेठ १० गते दिउँसो ३ बजे बस्ने गरी प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

त्यस्तै, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रस्ताव गरेको आमसञ्चार तथा सूचना प्रविधिसम्बन्धी विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णयसमेत बैठकले गरेको सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएकी छन् ।

भूमि व्यवस्था मन्त्रालयले प्रस्ताव गरेको रसायन तथा रासायनिक विषादी नियन्त्रण विधेयक २०७६, पशु वधशाला तथा मासु जाँच विधेयक २०७६ र माटो तथा मल व्यवस्थापन विधेयक २०७६ तर्जुमाका लागि सैद्धान्तिक स्वीकृत प्रदान गर्ने निर्णयसमेत बैठकले गरेको मन्त्री केसीले जानकारी दिइन् । त्यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा प्रस्तावित द्वन्द्वपीडित राहत तथा उपचारसम्बन्धी कार्यविधि २०७५, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयद्वारा प्रस्तावित कर्णाली प्रदेश पर्यटन बोर्ड गठन आदेश २०७६ र आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा प्रस्तावित कर्णाली पूर्वाधार विकास प्राधिकरण गठन, काम, कर्तव्य र अधिकार सम्वन्धी व्यवस्था गर्न वनेको विधेयकको मस्यौदामाथि थप छलफलका लागि प्रदेश मन्त्रिपरिषद प्रशासन तथा विधेयक समितिमा पठाउने निर्णयसमेत बैठकले गरेको छ ।

कर्णाली प्रदेशका सबै जिल्लामा शान्ति सुरक्षासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्न प्रमुख सचिवको संयोजकत्वमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव र प्रदेश प्रहरी प्रमुख सदस्य रहेको समिति गठन गरी कार्यक्रम सञ्चालन गर्ने र डोल्पाको जगदुल्ला गाउँपालिकाको केन्द्र परिवर्तन सम्बन्धमा सो गाउँपालिकाको केन्द्र साविक वडा नम्बर २ स्थित काइगाउँबाट वडा नम्बर ५ स्थित माझगाउँ भन्ने स्थानमा तोक्ने सम्बन्धमा केन्द्र सरकारसमक्ष सिफारिस गर्ने निर्णयसमेत मन्त्रिपरिषद बैठकले गरेको मन्त्री केसीले जानकारी दिइन् ।

प्रकाशित समय १८:३५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु