fbpx
Nepal Mediciti

गृहपृष्ठ प्रधानमन्त्री भन्छन्– सरकारविरूद्ध बोल्दा बूढापाका र केटाकेटीबाट टाढा रहनू

प्रधानमन्त्री भन्छन्– सरकारविरूद्ध बोल्दा बूढापाका र केटाकेटीबाट टाढा रहनू

kp-oli-newyear-newskarobar फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आन्दोलन गर्न खोज्ने’ कांग्रेससहितका दललाई नन्दीभृंगीको संज्ञा दिएका छन् । २०७६ सालको पहिलो दिनको अवसर पारेर सुरु गरिएको ‘खोलौं बैंक खाता अभियान’ शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओली विपक्षीविरूद्ध खनिएका हुन् । ‘अस्तिका दिन पनि १३ वटा विभिन्न आकार प्रकारका नन्दी भृंगी भेला भएर आन्दोलन गर्छौं भनेछन् । म अरु केही भन्दिन, नगर्नुस्,’ उनले भने ।

शुक्रबार ११ विद्यार्थी संगठनले गरेको कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले हरेक क्षेत्रमा हस्तक्षेप गरेको भन्दै आन्दोलन गर्न आह्वान गरेका थिए । देउवाको आग्रहप्रति लक्षित गर्दै ओलीले भने, ‘कसैले आन्दोलन भनेर सिट्टी फुक्दैमा जनता कुद्दैनन् ।’ ‘जसले आन्दोलन भनेर फिरर सिट्टी फुक्छ, त्यसैकै पछि कुद्छन् नेपाली जनता ? यो सम्भव छ ?’ उनले प्रश्न गरे, ‘नेपाली जनताले स्थिरता, विकास र शान्तिका लागि मतदान गरेका छन्, त्यसअनुसारको सरकार बनेको छ ।’

प्रधानमन्त्री ओलीले सरकारविरुद्ध बोल्नेहरुलाई वृद्धवृद्धा र केटाकेटीबाटै टाढै रहन चेतावनी दिए । ‘सरकारले बूढापाका र केटाकेटीको पक्षमा राम्रो काम गरेको छ, सरकारविरुद्ध बोल्नेहरुलाई केटाकेटीले ढुंगा हान्न सक्छन्, टाढा रहनू,’ उनले भने ।

प्रकाशित समय १७:४८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु