fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ थुदाम : सीमा छेउको सुन्दर गाउँ (फोटो फिचर)

थुदाम : सीमा छेउको सुन्दर गाउँ (फोटो फिचर)

भौगोलिक विकटताका कारण संखुवासभाको भोटखोला गाउँपालिकालाई ‘पूर्वको कर्णाली’ भन्ने गरिन्छ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको यस गाउँपालिका सदरमुकाम खाँदबारीदेखि उत्तरतर्फ पर्छ । यसै गाउँपालिकामा पर्ने किमाथांका नाका खुल्ने चर्चासँगै उत्तर-दक्षिण कोशी राजमार्ग निर्माणाधीन छ । यद्यपि भोटखोलाका अधिकांश गाउँहरु दुर्गम नै छन् । केही गाउँ त ‘भोटखोलाको कर्णाली’ भन्न लायक छन् । यस्तैमध्ये एक गाउँ हो थुदाम । थुदाम गाउँ भोटखोला गाउँपालिकाको वडा नम्बर २ मा पर्छ । साविकको चेपुवा गाउँ विकास समिति- ९ मा पर्ने थुदाममा कुनै पनि किसिमको खेतीपाती गरिँदैन । पशुपालन नै त्यहाँका बासिन्दाको एकमात्र जीविकोपार्जनको माध्यम हो ।

चौरी, याक लगायतका पशुपालनबाट प्राप्त आम्दानीले उनीहरु चिनियाँ बजार रियु पुगेर दैनिक उपभोग्य वस्तु किनमेल गर्छन् । थुदाम नेपालकै विकट गाउँ भएको भोटखोला- २ का अध्यक्ष छिरिङ छेदर भोटे बताउँछन् । विकट भएकै कारण थुदामबासीका लागि स्वास्थ्य, शिक्षा, विद्युतजस्ता आधारभूत आवश्यकताहरु सहज हुन नसकेको उनको भनाइ छ । अध्यक्ष भोटेका अनुसार थुदाममा २१ घरधुरीको बसोबास छ । उनीहरु आफूलाई ‘थुदामे भोटे’को भनेर चिनाउँछन् । भाैगाेलिक रूपमा विकट भए पनि प्राकृतिक रूपमा भने थुदाम गाउँ सुन्दर छ । अग्ला-अग्ला पहाडहरू, कञ्चन पानी बग्ने हिमाखोला लगायतका हिमाली परिवेशले थुदामकाे सुन्दरता बढाएको छ ।

(सबै तस्बिरहरू : छिरिङ छेदर भोटे)

प्रकाशित समय १३:१८ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु