fbpx
corona information

गृहपृष्ठ निषेधाज्ञामाथि कर्फ्यु (थापाथलीदेखि पुल्चोकसम्म १६ तस्बिरमा हेर्नुहोस्)

निषेधाज्ञामाथि कर्फ्यु (थापाथलीदेखि पुल्चोकसम्म १६ तस्बिरमा हेर्नुहोस्)

ललितपुरबासी र प्रहरीबीच बिहीबार झडप भएपछि कर्फ्यु घोषणासँगै तैनाथ प्रहरी । ललितपुरबासीले जिल्ला प्रशासन कार्यालय ललितपुरको निषेधाज्ञा उल्लंघन गर्दै बिहीबार रातो मच्छिन्द्रनाथको रथयात्रा तान्न जबर्जस्ती गरेपछि बहीबार प्रहरी र स्थानीयबासीबीच झडप भएको थियो । झडपका क्रममा दुवैतर्फका केही घाइते भएका थिए ।

स्थिति नियन्त्रणबाहिर जान नदिन ललितपुर प्रशासनले शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु घोषणा गरेको छ । कर्फ्यु लागेको क्षेत्रमा एक हजारभन्दा बढी जनपद र सशस्त्र प्रहरी परिचालन गरिएको छ । अहिले सो क्षेत्रको स्थिति सामान्य रहेको ललितपुर प्रशासनले जनाएको छ ।

प्रकाशित समय १४:१९ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु