fbpx
corona information

गृहपृष्ठ सन्नाटाभित्र पर्यटकीय नगरी (९ तस्बिर)

सन्नाटाभित्र पर्यटकीय नगरी (९ तस्बिर)

नेपालकै पर्यटकीय सहरमध्येमा पर्ने पोखरा आज बिहीबार पनि सुनसान बन्यो । गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरा सामान्य अवस्थामा भने निकै व्यस्त रहन्छ । कोरोना महामारी रोकथामका लागि जिल्ला प्रशासन कार्यालय कास्कीले बुधबारदेखि निषेधाज्ञा जारी गरेको छ । पोखरामा यो दोस्रोपटक निषेधाज्ञा लागू गरिएको हो ।

दोस्रोपटक निषेधाज्ञाको दोस्रो दिन पोखरामा अत्यावश्यक बाहेकका सवारीसाधन चलेनन् । बजार सुनसान रह्यो । निषेधाज्ञा पालना गराउन बिहानैदेखि सुरक्षाकर्मी तैनाथ थिए । प्रदेशमा कोरोना संक्रमण तीव्र रुपले फैलिन थालेपछि स्थानीयवासीहरुले नै निषेधाज्ञा लगाउन माग गरेका थिए ।

 

प्रकाशित समय १९:०२ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु