fbpx
corona information

गृहपृष्ठ लकडाउन खुलेपछिको असन बजार (फोटो फिचर)

लकडाउन खुलेपछिको असन बजार (फोटो फिचर)

मंगलबार मध्यरातिदेखि चार महिना लामो लकडाउनको अन्त्य भएको छ । लकडाउन सकिएको घोषणासँगै सम्पूर्ण बजार पसल, यातायात, सरकारी तथा निजी कार्यालयहरू सञ्चालनमा आएका छन् । कोरोनाभाइरस रोकथामका लागि सरकारले गत चैत ११ गतेबाट देशभर लकडाउन घोषणा गरेको थियो । लकडाउन खुले पनि कोरोना महामारी अन्त्य भइनसकेको भन्दै सुरक्षा सतर्कता अपनाउन विज्ञहरूले सुझाव दिएका छन् । तर सर्वसाधारणाले भने कोरोना संक्रमण जोखिमप्रति वेवास्ता गरेको पाइन्छ ।

भाैतिक दुरी कायम नगरिँदा सडक, पसल लगायतका सार्वजनिक जमघटका स्थलहरूमा भीडभाड बढेको छ । कतिपय मानिसहरू मास्कसमेत नलगाई भीडभाडमा खुलेआम हिँड्न थालेका छन् । काठमाडौंको व्यापारिक केन्द्रको रूपमा चिनिने असन बजारमा पनि मानिसहरूको चलहपहल पहिलेजस्तै गरी सुरू भएको छ । भाैतिक दुरी कायम नगरी निस्फिक्री सडक र बजारमा निस्किएका मानिसहरू हेर्दा असन बजारकाे दृश्य लकडाउन अघिकै जस्तो देखिन थालेको छ ।

प्रकाशित समय १२:३५ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु