fbpx
corona information

गृहपृष्ठ साउने सोमबारमा सुनसान पशुपति (तस्बिरहरू)

साउने सोमबारमा सुनसान पशुपति (तस्बिरहरू)

यस वर्षको साउनमा परेको पहिलो सोमबारे औँसीको दिन पनि पशुपतिमा आज भक्तजनहरूको उपस्थिति न्यून रह्यो । मुल मन्दिर खुला नभएपछि पशुपति परिषरमा रहेका अन्य मठमन्दिरमा भक्तजनहरुले पूजा गरे । कोरोना महामारीका कारण पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि खुला गरिएको छैन ।

भीडभाड हुनेगरी मानिसहरु भेला हुन नपाउने सरकारी नियमका कारण पशुपतिमा नित्य पूजा मात्रै हुँदै आएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार हरेक साउने सोमबारमा नित्य पूजा मात्रै हुने भएको छ । अरू बेला साउने सोमबारका दिन झण्डै एक लाख दर्शनार्थी पशुपति पुग्ने गर्छन् ।

प्रकाशित समय १७:०५ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु