fbpx
corona information

गृहपृष्ठ भोटखोला उर्फ ‘पूर्वको कर्णाली’ (३० तस्बिर)

भोटखोला उर्फ ‘पूर्वको कर्णाली’ (३० तस्बिर)

साविकको हटिया, चेपुवा, पावाखोला र किमाथांका गाविस समेटेर संखुवासभाको भोटखोला गाउँपालिका बनेको हो । सदरमुकाम खाँदबारीउत्तर ३० कोष टाढा पर्छ भोटखोला । उत्तर-दक्षिण (विराटनगर-किमाथांका) राजमार्गले भर्खर छोएको सो क्षेत्रमा शिङ्सावा (स्थानीयस्तरमा भोटे भनिने, कतिपयले आफूलाई ल्होमी र नावा भन्ने) समुदायको मुख्य बसोवास छ । यातायात, सञ्चार, जलविद्युत, शिक्षालगायत विकासका पूर्वाधारहरुमा जिल्लाको दक्षिणी क्षेत्रले निकै फड्को मारिसक्दा पनि भोटखोला यी सबैबाट ओझेलमै थियो । तुलनात्मक रुपले नेपालको कर्णाली क्षेत्र विकास निर्माणमा पछाडि परेजस्तै भोटखोला पनि जिल्लाकै दुर्गम भएका कारण स्थानीयहरुले नै सो क्षेत्रलाई ‘पूर्वको कर्णाली’ नाम दिएका थिए ।

भोटखोला क्षेत्रका वासिन्दा दैनिक उपभोग्य सामान खरिद र व्यापारका लागि चीनको स्वशासित क्षेत्र तिब्बतका चाङ्गा, देन्दाङ, रियु लगायतका बजार पुग्छन् । करिब ७० घर हाराहारी रहेको किमाथांका भने चीनको स्वशासित क्षेत्र तिब्बतको सीमावर्ती गाउँ हो । पावाखोला केही दक्षिणतर्फ पर्छ । स्याक्सिला, गोलाबजार, हुङगुङ, फाराङ, दाङगोक साविक हटियाका मुख्य बस्तीहरू हुन् । साविक चेपुवामा च्याम्ताङ, गुम्बा, छुम्सुर, रिदाक, चेपुवा लगायतका गाउँहरू रहेका छन् । जाडो बढेपछि अधिकांश भोटखोलावासीहरू विभिन्न जडिबुटीजन्य व्यापारका लागि तराइ क्षेत्रतर्फ झर्छन् ।

तस्बिरहरू : मिथुन भोटे ।

प्रकाशित समय १३:४१ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु