fbpx
corona information

गृहपृष्ठ हट्दै छन् तारका गुजुल्टा, सफा हुँदै छ सहर (१५ तस्बिरमा हेर्नुहोस्)

हट्दै छन् तारका गुजुल्टा, सफा हुँदै छ सहर (१५ तस्बिरमा हेर्नुहोस्)

मध्यपुर ठिमी नगरपालिका १ लोकन्थलीमा पोलमा गुजुल्टिएका तार हटाउँदै नगरपालिका । लोकन्थलीबाट सानो ठिमी जाने सडक निर्माण सम्पन्न भएसँगै १ नम्बर वडा कार्यालयले तार हटाउन थालेको हो । पोलमा स्वीकृतिबिना टाँगिएका र तार टाँगेपछि विभिन्न सेवाप्रदायकले लथालिंग छाडिदिँदा सहर कुरुप भएकाले हटाइएको वडा नम्बर १ का अध्यक्ष सुरज खड्काले बताए । नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमलाई जानकारी गराएर वडाले तार झिक्न थालेको छ । त्यस्तै पुराना भएर ढल्न लागेका पोल पनि वडाले ढालेको छ । पुराना पोल र तार हटाएसँगै सहरको स्वरूप नै बदलिएको छ । पोलमा मनपरी टाँगिएका करिब ९० प्रतिशत तार हटाउन सकिने वडाको अनुमान छ ।

तार झिकेपछिको पोल ।

प्रकाशित समय ११:०२ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु