fbpx
corona information

गृहपृष्ठ लकडाउनमा रंगशाला बनाउन छैन कुनै रोकतोक (फोटोफिचर)

लकडाउनमा रंगशाला बनाउन छैन कुनै रोकतोक (फोटोफिचर)

देश यतिबेला लकडाउनमा छ । मान्छेको दैनिकी नै ठप्प हुने गरि देशमा लकडाउन जारी गरेको पनि महिना दिन बढी भईसक्यो । तर, पोखरा रंगशालाको खेल मैदान निर्माणमा भने धमाधम अघि बढिरहेको छ ।

रंगशालामा अहिले दैनिक ८० देखि ९० को हाराहारिमा कामदारले काम गरिरहेका छन् । विना कुनै रोकतोक रंगशाला निर्माणको काम अघि बढिरहेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य राजेश गुरुङका अनुसार देशमा चैत ११ गतेदेखि लकडाउन जारी भएलगत्तै रंगशाला निर्माणको काम अघि बढाइएको हो ।

रंगशाला निर्माणको काममा जुटेका कामदारको सहमतिअनुसार नै काम अघि बढाइएको उनले जानकारी दिए । ‘युवा तथा खेलकुद विकास समिति र राखेपसँग सल्लाह भएर मेरो कोर्डिनेसनमा काम सुरु गरियो,’ उनले भने, ‘३५, ३६ दिनदेखि रंगशाला निर्माणको काम अघि बढिरहेको छ ।’ रंगशाला निर्माणमा विभिन्न जिल्लाका मजदुरहरु खटिएको उनले सुनाए ।

अहिले रंगशालाभित्र फुटबल अभ्यास मैदानको निर्माण कार्य चलिरहेको छ । अभ्यास मैदानसँगै अरु निर्माणका काम पनि अघि बढिरहेको राखेप सदस्य गुरूङले बताए । १३औं दक्षिण एसियाली खेलकुद (साग) अघिदेखि रंगशाला निर्माणको काम सुरु भए पनि रंगशाला निर्माणले पूर्णता पाउन सकेको थिएन । नवौं राष्ट्रिय खेलकुदको लागि अहिले मैदान तयार भइरहेको उनले सुनाए ।

युवा तथा खेलकुद विकास मन्त्रीको निर्देशनमा खेलकुद परिषदबाट ९० लाख रुपैयाँ विनियोजन भएको थियो । ‘यति रकम भन्दा पनि हामी जसरी खटेर काम गरिरहेका छौं । काम धेरै नै अघि बढिरहेको छ,’ उनले भने ।

आर्थिक अवस्था कमजोर भएका कामदारलाई राहतदेखि रंगशालाभित्रै खाजा र खानाको समेत व्यवस्था गरिएको छ । निर्माण सामग्री ल्याउन कुनै कठिनाइ नभए पनि दक्ष जनशक्ति ल्याउन भने समस्या परेको रंगशालाका प्रोजेक्ट म्यानेजर इन्जिनियर दीपक बरालले बताए । बाहिर गएका दक्ष जनशक्ति लकडाउनको कारण उतै अल्झिएको उनले जानकारी दिए ।

प्रकाशित समय ११:२३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु