fbpx
corona information

गृहपृष्ठ बसपार्क र टिकट काउण्टरमा दसैंको झल्को (फोटो फिचर)

बसपार्क र टिकट काउण्टरमा दसैंको झल्को (फोटो फिचर)

दैनिक एक लाख हाराहारीले उपत्यका छाड्दै

कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि सरकारले अत्यावश्यक बाहेकका सबै सरकारी सेवाहरु स्थगित गरेको छ । मानिसको बढी जमघट हुने स्थलहरु बन्द गरिएका छन् । सम्पूर्ण शैक्षिक संस्था, अधिकांश होटल, मनोरञ्जनस्थलहरु बन्द हुँदा मानिसहरु एकातिर फुर्सदिला बनेका छन् । भने अर्कोतिर काठमाडौंको जनघनत्व बढी भएका कारण संक्रमणको जोखिम हुने आशंकामा सर्वसाधारण त्रसित छन् ।

जसका कारण केही दिनयता काठमाडौं छाड्ने क्रम बढेको छ । दैनिक करिब एक लाख जनाले उपत्यका छाडिरहेका छन् । चैत ९ गतेदेखि लामो दुरीमा चल्ने सार्वजनिक यातायातका साधनहरु सञ्चालन गर्न सरकारले रोक लगाएसँगै काठमाडौं छाड्नेको संख्या अझ बढेको छ । बाहिरिने नाकाहरु कलंकी, नयाँबसपार्क, कोटेश्वरमा बिहानैदेखि बस चढ्नेहरुको घुइँचो लाग्ने गरेको छ ।

प्रकाशित समय १२:३८ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु