fbpx
corona information
NICASIA BANK- Chait 15

गृहपृष्ठ फूलको जोवन बारम्बार (फोटो फिचर)

फूलको जोवन बारम्बार (फोटो फिचर)

जवानीको बेला के घाम, के पानी । भोक, तिर्खा वास्तै हुँदैन, मन त्यसै-त्यसै रमाइदिन्छ । त्यसैले त उमेर ढल्कँदै जाँदा लाग्छ, जोवन फर्काउन मिल्ने वा किन्न पाइने भए . . ! हो, मान्छेको जिन्दगीमा जोवन एकैपटक मात्र आउँछ । तर फूलको भने बोट बाँचिरहे त्यही डालीमा वर्षैपिच्छे जोवन फक्रिन्छ । बुढापाकाहरु भन्छन्, ‘फूलको जोवन बारम्बार, मान्छेको जोवन एकै बार ।’

फेरि वसन्त ऋतु सुरु भएको छ । अर्थात फूलका डालीहरु जवानीमय भएका छन् । वन, पाताल र भीरपहरामा समेत वसन्तका लालीहरु पोखिएका छन् । केशरी, गुयँली, ऐंसेलु फुलेर लेकाली वनहरु ढकमक्कै बनेका छन् । आँप, आरु, आरुबखडा, नासपतीलगायत फलफूल र अनेक किसिमका फूलले जवानीको सुवास छर्दा गाउँबस्तीहरु हेरिरहुँ लाग्ने भएको छ ।

चाहे वसन्त होस् वा शिशिर । सबै ऋतुहरुको चक्र जाने र आउने नै हो । जसरी मानिसको जीवनमा दुख र सुख ‘रोटेपीङ’जसरी घुम्दछ । तर, चैत-वैशाख अर्थात वसन्त ऋतुले भने सबैको मन लोभ्याउँछ । केही क्षण मात्र भए पनि दुखहरु भुलाउँछ, फूलको जोवन देखेर ।

प्रकाशित समय ०९:२३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु