fbpx
corona information
NICASIA BANK- Chait 15

गृहपृष्ठ माछापुच्छ्रेको काखमा पोखरा रंगशाला (फोटो फिचर)

माछापुच्छ्रेको काखमा पोखरा रंगशाला (फोटो फिचर)

निर्माण सम्पन्न हुँदा नेपालकै ठूलो रंगशाला

हिमालको काखैमा खेलकुदको मनोरञ्जन लिन र खेल कौशल देखाउन पाइन्छ कहीँ भने त्यो पोखरा रंगशालामा हो । ‘माछापुच्छ्रे हिमालको फेद’मै निर्माणाधीन यो रंगशाला निर्माण कार्य सकिएपछि नेपालकै ठूलो रंगशाला हुनेछ । यस रंगशालामा २० हजार ५ सय दर्शक क्षमताको प्याराफिट बनाउने योजना छ । अहिले १२ हजार ५ सय दर्शक क्षमताको प्याराफिट बनिसकेको छ । भारतीय कम्पनी ग्रेट स्पोर्टस र एमए कन्स्ट्रक्सन, जावलाखेलले फुटबल मैदानसहित प्याराफिट निर्माणको ठेक्का लिएको हो । रंगशाला निर्माणको बजेट १ अर्ब २८ करोड रुपैयाँ रहेको छ ।

बिहीबारदेखि यही रंगशालामा आहा रारा गोल्डकप सुरु हुँदैछ । मंसिर १५ देखि २४ गतेसम्म १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता पनि यही रंगशालामा सम्पन्न भएको थियो । पोखरा रंगशालामा हुने जुनसुकै खेल हेर्दा होस्, आँखैअगाडि उभिएका हिमालका मनमोहक दृश्यहरुले झनै मादकता थपिदिन्छ । खेलाडी होस् या दर्शक । मनमा लाग्छ, बल कतै हिमालमै ठोक्किएर फेवातालमा खस्दै डुबुल्की मार्ने त होइन !

प्रकाशित समय १३:०५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु