fbpx
corona information
NICASIA BANK- Chait 15

गृहपृष्ठ तस्बिरमा रमाउने उद्यमी मन (फोटो फिचर)

तस्बिरमा रमाउने उद्यमी मन (फोटो फिचर)

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं उद्यमी पशुपती मुरारका प्रकृतिप्रेमी छन् । मौका मिल्यो कि डाँडाकाँडा र हिमश्रृंखलाको दृश्यसँग रमाउन निस्कन्छन् । प्राकृतिक सुन्दरतासँग नजिकिन पाउँदा उनलाई औधी रमाइलो लाग्छ । घुमघाम मात्र होइन, मुरारका फोटोग्राफीमा पनि शौखिन छन् । उनी आफू पुगेका ठाउँको प्राकृतिक दृश्य, जनजीवन, संस्कृतिको मोबाइलमार्फत फोटो खिच्न छुटाउँदैनन् ।

यसरी तस्बिरमा रमाउने उद्यमी मुरारका शुक्रबार बबरमहलस्थित आर्ट काउन्सिलमा भइरहको फोटो प्रदर्शनीमा पुगे । फोटो जर्नालिस्ट क्लब (पीजे क्लब)ले आयोजना गरेको प्रतियोगिताका लागि छानिएका र विजेता गरी १७६ फोटोको प्रदर्शनीमा मुरारका एक घण्टा भुले । अवलोकनपछि उनले प्रतिक्रिया पुस्तिकामा लेखेका छन्, ‘प्रदर्शनीले नेपालको आर्थिक, सामाजिक, राजनीतिक, धार्मिक र सांस्कृतिक क्षेत्रलाई समेटेको हुँदा मलाई नेपालको समग्रता बुझ्न सहयोग पुगेको छ ।’

प्रकाशित समय १२:१६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु