fbpx
corona information

गृहपृष्ठ होर्डिङ बोर्ड हटाइँदै (फोटो फिचर)

होर्डिङ बोर्ड हटाइँदै (फोटो फिचर)

जथाभावी पोस्टर, पम्प्लेट टाँस्ने कार्यमा कडाइ

काठमाडौं महानगरपालिकाले सहरको सौन्दर्य बढाउन नियमविपरीत र अव्यवस्थित रुपमा राखिएका होर्डिङ बोर्ड हटाउने अभियानलाई तीव्रता दिएको छ । अभियान जारी रहेकाे महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए । उनका अनुसार जथाभावी विज्ञापनका पोस्टर, पम्प्लेट टाँस्ने कार्यमा पनि महानगरपालिकाले कडाइ गरेको छ ।

महानगरपालिकाले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन महानगरको सौन्दर्य अभिवृद्धिका अरु काममा पनि सक्रियता देखाएको छ । नियमानुसार सार्वजनिक जग्गामा विज्ञापन राख्न नपाइने, झ्याल-ढोका छोपी राख्न नपाइने, विज्ञापन राखेकै भरमा छिमेकीलाई असर पार्न नहुने, सम्पदा भएका स्थानमासम्म राख्न नपाइने कानुनी व्यवस्था छ ।

२०७२ भदौ १६ गते सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले ‘घर, पर्खाल, छत, विजुलीको पोल र सडकका डिभाइडरमा रहेका पर्चा पम्प्लेट, भित्ते लेखन, अनधिकृत रुपमा राखिएका होर्डिङ बोर्ड, विज्ञापन बोर्डलाई हटाई पुन:प्रयोग गर्न नदिन आवश्यक निवारणत्मक व्यवस्था गर्न’ आदेश दिएको थियो । आदेशको पालना नभएको भन्दै महानगरपालिकाविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता भएको थियो ।

प्रकाशित समय १४:५८ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु