fbpx
NIC ASIA- magh 1

गृहपृष्ठ स्वरूप फेर्छ तीनकुने (फोटो फिचर)

स्वरूप फेर्छ तीनकुने (फोटो फिचर)

यो कहिलेकाहीँ झकिझकाउ पनि बन्छ

कोटेश्वर-वानेश्वर, वानेश्वर-एयरपोर्ट र एयरपोर्ट-कोटेश्वर सडकले काटेको क्षेत्र हो तीनकुने । पुरानो नारा छ, तीनकुनेलाई पार्क बनाउने । तर नारा केवल नारामै सीमित छ । व्यक्तिगत घरहरु भत्काएर तीनकुने क्षेत्र खालि गरिएको हो । त्यसै बेलादेखि तीनकुनेमा पार्क बनाउने/बन्ने ‘हल्ला’ चल्यो/चलिरहेकै छ ।

तीनकुनेलाई नियमित नियालिरहेकाहरुले ख्याल गरिरहेको हुनुपर्छ । यो कहिलेकाहीँ झकिझकाउ बन्छ । दुबो, फूल र बोटविरुवाले सजिन्छ । अनि फेरि साविककै स्वरूपमा फर्कन्छ । खेल्ने, घाम ताप्ने, मोटरसाइकल र गाडी सिक्ने स्थानको रुपमा । खास गरेर काठमाडौँमा अन्तर्राष्ट्रियस्तरका सभा-सम्मेलन वा विदेशी पाहुनाहरुको आगमन हुँदा तीनकुनेले यसरी सजिने मौका पाउने हो । वर्षौंदेखि तीनकुने यही नियतिमा गुज्रिरहेछ । पछिल्लोपटक चिनियाँ राष्ट्रपति सि जिन पिङ काठमाडौँ आउँदा सरसजावट गरिएको तीनकुने विस्तारै उही पुरानो स्वरूपमा फर्कंदैछ । अब कुनै दिन फेरि यो ‘पार्क’ मौका परे रातारात सजिन सक्छ । जे होस्, स्वरूप फेर्छ तीनकुने ।

प्रकाशित समय १४:३२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु