fbpx
corona information

गृहपृष्ठ पश्चिम सेतीको पानी माइतीघर मण्डलामा (फोटो फिचर)

पश्चिम सेतीको पानी माइतीघर मण्डलामा (फोटो फिचर)

लामो समयसम्म पनि पश्चिम सेती परियोजना नबनेपछि सुदूरपश्चिमका युवाहरु आन्दोलित बनेका छन् । सरकारले पटक-पटक आश्वासन मात्र दिएको र निर्माण प्रक्रिया नै सुरु नगरेको भन्दै बोलन्या थली, धनगढीको नेतृत्वमा उनीहरु आन्दोलनमा उत्रेका हुन् । शनिबार पश्चिम सेतीको पानी कचौरामा ल्याएर सरकारलाई झकझक्याउँदै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

सन् १९८१ देखिको चर्चा पाएको पश्चिम सेती परियोजना ३९ वर्षसम्म पनि नबनेपछि सुदूरपश्चिमका युवाहरु सरकारको विरोध गर्दै आन्दोलनमा उत्रेका हुन् । बोलन्या थली, धनगढीका अध्यक्ष यादव जोशीले भने, ‘लामो समयसम्म पनि सरकारले पश्चिम सेतीको नाममा राजनीति गर्‍यो तर, काम गरेन । पटक-पटक विदेशी कम्पनीहरुसँग सम्झौता गर्‍यो तर न पश्चिम सेती बन्यो, न त्यो ठाउँका बासिन्दाको अवस्था नै फेरियो । त्यसैले पश्चिम सेती बनाउन दबाब दिदै आन्दोलनमा उत्रेका हौं ।’

प्रकाशित समय १८:०३ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु