fbpx
corona information

गृहपृष्ठ पर्यटकीय क्षेत्रमा नै छैनन् पर्यटक (फोटो फिचर)

पर्यटकीय क्षेत्रमा नै छैनन् पर्यटक (फोटो फिचर)

देशकै मुटुमा रहेको भक्तपुर दरवार क्षेत्रमा नै पर्यटकहरु लक्ष्यभन्दा निकै कम देखिन थालेका छन् ।

सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको वर्षमा अनुपातअनुसार दैनिक नेपालमा करिब साढे ५ हजार विदेशी पर्यटक भित्रिनु पर्ने हुन्छ तर भ्रमण वर्ष सुरु भएको आज १८ दिन बितिसक्दा पनि पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक नै कम देखिने गरेका छन् ।

२० लाख पर्यटक भित्र्याउने लक्ष्यअनुसार अनुपातको रुपमा पनि दैनिक ५ हजार ४ सय ८० जना भित्रिनु पर्ने हुन्छ । सरकारले पर्यटकीय क्षेत्र भनेर घोषणा गरेका क्षेत्रमा पर्यटक नै नहुनुले भ्रमण वर्ष असफल हुने संकेत देखिएको छ ।

विदेशी पर्यटकले नेपालमा १५ दिन बस्ने र दैनिक ६५ रुपैयाँ डलर खर्च गर्ने मापदण्ड तोकिएको छ । तर पर्यटक नै भित्रिने तथ्यांक नै कम देखिएको छ । काठमाडाैंकाे विभिन्न क्षेत्र सुन्दरीजल, दक्षिणकाली, गाेदावरी, जावलाखेल, नगरकाेट, चाेभारलगायतका क्षेत्रमा पनि पर्यटकहरूकाे कमी आएकाे छ ।

प्रकाशित समय १६:३१ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु