fbpx
Nepal Mediciti

गृहपृष्ठ अचानक बाढी आएपछि….!

अचानक बाढी आएपछि….!

Badhi_NewsKarobar

अचानक मोबाइलमा आज बेलुकादेखि भोलि बिहानसम्म कन्काई, कमला, पश्चिम राप्ति, बबई र कर्णाली नदीहरूमा बहाव सतर्कता तह आसपास हुने, केहीमा भोलि बिहान ७ बजे आसपास खतरा तह पुग्न सक्ने, उच्च सतर्कता जरूरी भनेर एसएमएस आएपछि त्यस क्षेत्रका नागरिकहरूमा त्रास फैलियो ।

केही क्षेत्रमा अचानक सशस्त्र प्रहरीका जवानहरू पनि खटिए । बाढीका सूचना आउनासाथ नदी तट आसपासका नागरिकहरू भागाभाग गरेर सुरक्षित स्थानमा पनि बस्न थाले ।

त्यो बाढीका सूचना वास्तविक नभइ केबल अबको वर्षाका माैसममा हुनसक्ने सम्भावित बाढीका घटनाबारे जानकारीका प्रवाह  र पूर्वतयारीका लागि अभ्यास मात्र थियो । कर्णाली, राप्ती, बबई ,कमला, कन्काई नदीको तल्लो तटीयक्षेत्रका केही बस्तीहरुमा बाढीको पूर्वतयारी एवं प्रतिकार्यको पूर्वअभ्यास सम्पन्न भएको भएको जल तथा माैसम विज्ञान विभागले जनाएको छ ।

कृत्रिम अभ्यास  कन्काई नदीको झापा, कमला नदीको धनुषा र सिराहा,पच्चिम राप्ती नदीको बाँके, बबई नदीको बर्दिया तथा कर्णाली नदीको बर्दिया र कैलाली जिल्लाको तटिय क्षेत्रमा गरिएको हो ।

यसैबीच, साे  विभागले मनुसन आपतकालीन कार्ययोजना तयार पारेको छ । कार्ययोजनाअनुसार मनसुनका समयमा हरेक दिन बिहान ७ बजे बाढी पूर्वानुमान बुलेटिन जारी गरिने छ । देशका प्रमुख नदी बेसिनहरू कोसी, गण्डकी, बागमती, बबइ, पश्चिम राप्तीलगायतका नदीका पूर्वानुमान तीन दिनअघि नै जारी गर्ने कम्प्युटर प्रणाली विकसित गरिएको विभागले जनाएको छ ।

बाढी सतर्कता तहनजिक पुग्न लागेमा, सर्तकता तह पारेमा वा अन्य जोखिमपूर्ण अवस्थामा देशका मुख्य नदी जलाधारहरूमा नेपाल टेलिकम र एनसेनमार्फत त्यस क्षेत्रका सर्वसाधारणलाई मोबाइलमा निःशुल्क एसएमएस पठाउने व्यवस्था गत वर्षदेखि नै गरिएको छ ।

प्रकाशित समय १३:३१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु