fbpx
Nepal Mediciti

गृहपृष्ठ ऐतिहासिक र धार्मिक धरोहर चाँगुनारायण (फोटो फिचर)

ऐतिहासिक र धार्मिक धरोहर चाँगुनारायण (फोटो फिचर)

Chagunarayan-bhaktapur-newskarobar

भक्तपुरको चाँगुनारायण नगरपालिका–९ मा रहेको चाँगुनारायण मन्दिर लिच्छविकालीन राजा हरिदत्त बर्माले ईसापूर्व ३२३ मा बनाएका हुन् । लिच्छविकालीन अर्का राजा मानदेवले वि. सं ५२१ मा चाँगुनारायण मन्दिरमा गरुडको मुर्ति स्थापना गराई अभिलेख राख्न लगाएको इतिहास छ । नेपालकै प्राचीन पुरातात्विक शिलास्तभसमेत रहेको चाँगुनारायण मन्दिर ऐतिहासिक र धार्मिक दृष्टिले मात्र नभई प्रमुख पर्यटकीय क्षेत्रको रूपमा पनि महत्वपूर्ण छ ।

काठमाडौं उपत्यकाका सात विश्व सम्पदा सूचीमध्ये चाँगुनारायण पनि एक हो । उपत्यकाकै सबैभन्दा पुरानो यो मन्दिरलाई सन् १९६९ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचिकृत गरेको हो । चाँगुनारायणलाई चम्पकनारायण, चँगुनारायण, गरुडनारायण आदि नामले पनि चिनिन्छ । लिच्छवी कालमा यो मन्दिरलाई डोलाशिखर स्वामी पनि भनिन्थ्यो ।

२०७२ सालको महाभूकम्पबाट क्षतविक्षत बनेको चाँगुनारायण मूल मन्दिरको पुनर्निर्माण सकिएपछि पर्यटक आउने क्रम पनि बढेको छ । नगरपालिकाका खरिदार कृष्णमुरारी वाग्लेका अनुसार दैनिक १५ सयभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक चाँगुनारायण मन्दिर पुग्ने गरेका छन् । तर, मन्दिर परिसरमा अहिले पनि असरल्ल छरिएका काठ र इँटाका टुक्राका कारण मन्दिरको सौन्दर्य फिका भएको पर्यटकहरू बताउँछन् ।

प्रकाशित समय १४:४३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु