fbpx
Nepal Mediciti

गृहपृष्ठ यसरी मनाइयाे काठमाडाैंमा घाेडेजात्रा (१४ तस्बिर)

यसरी मनाइयाे काठमाडाैंमा घाेडेजात्रा (१४ तस्बिर)

प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व शुक्रबार काठमाडौँ उपत्यकामा परम्परागत रुपमा मनाइएको छ । जनविश्वासअनुसार टुँडिखेलको पूर्वदक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भनिने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित शहरवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्न सक्ने भय जनतामा रह्यो । यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिन्छ । यसो गर्दा गुरुमापाको आत्माले स्थानीयवासीलाई दुःख दिँदैन ।

साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई एक मुरी चामलको भात र राँगाको मासु दिइन्छ । शुक्रबारको दिन जङ्गबहादुरको घोडा किन्न जाने ठट्टा पनि गरिन्छ । शाही नेपाली सेनाका तर्फबाट शुक्रबार टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायत प्रदर्शन गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायत अन्य मन्त्रीले टुँडिखेल पुगेर घोडेजात्रा अवलोकन गरे ।

हेर्नुस्, २४ तस्बिर :

प्रकाशित समय १७:३६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु