गृहपृष्ठ एनएमबि छ प्रदेश शाखामा महिला नेतृत्व
एनएमबि छ प्रदेश शाखामा महिला नेतृत्व

एनएमबि बैंकले छ प्रदेशमा महिला नेतृत्व भएको शाखाको घोषणा गरेको छ ।
बैंकले प्रत्येक प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाहरुको विशेष घोषणा गरेको हो । बैंकले महिला सशक्तीकरणमा सक्रिय भएर कार्य गर्दै आइरहेका महिलाको अनुभव साट्ने उद्देश्यले अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको छ ।
महिलालाइ थप सशक्त बनाई हरेक क्षेत्रमा अगाडि बढाउनु आजको आवश्यकता रहेको महसुस गर्दै बैंकद्वारा सञ्चालन गरेको यस कार्यक्रमले भविष्यमा महिला सशक्तीकरणमा थप टेवा पुर्याउने अपेक्षा बैंकले राखेको छ ।
महिला कर्मचारीहरूद्वारा नेतृत्व गरिएका शाखा
प्रदेश १- टंकिसिनुवारी
मधेस प्रदेश– महोत्तरी
बागमती प्रदेश- बल्खु
गण्डकी प्रदेश- चाउथे
लुम्बिनी प्रदेश – भलवारी
सुदूरपश्चिम प्रदेश – धनगढी
प्रकाशित समय : १६:४६ बजे