fbpx
corona information

गृहपृष्ठ लकडाउन अवधिमा नेपालीको चहलपहल कहाँ कति?

लकडाउन अवधिमा नेपालीको चहलपहल कहाँ कति?

कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर चैत ११ गतेदेखि लागू गरिएको लकडाउनका अवधिमा पनि धेरैजसो नेपालीहरू खुद्रा किनमेलका लागि बाहिर निस्कने गरेको पाइएको छ । अन्तर्राष्ट्रिय संस्था गुगलले गरेको अध्ययनअनुसार ६५ प्रतिशत नेपाली किनमेलका लागि बाहिर निस्केको पाइएको हो ।

गुगल म्याप’मा रेकर्ड भएको डेटाका आधारमा गुगलले जारी गरेको विश्वव्यापी हिडडुलको विवरणअनुसार किनमेलका स्थल, रेष्टुँरा, क्याफे,संग्राहलय, पुस्तकालय, सिनेमा हलसहित खुद्रा तथा मनोरञ्जनका क्षेत्रमा ३५ प्रतिशत नेपाली अनुपस्थित थिए ।

एन्ड्रोइड मोबाइल फोन चलाउने व्यक्तिहरूका डेटा स्वतः गुगल म्यापमा रेकर्ड हुन्छ भने अन्य अपरेटिङ सिस्टम चलाउनेहरूले पनि गुगल म्याप चलाउँदा त्यसको पनि डेटा रेकर्ड हुने गर्छ । गुगलले १२ मे (वैशाख ३० गते) देखि २३ जुन ( असार ९गते)सम्म ती स्थानमा भएको आवतजावत, उपस्थितिका आधारमा यो विवरण तयार पारेको हो ।

गुगलका अनुसार सुपरमार्केट र औषधि पसलहरूमा १७ प्रतिशत नेपाली अनुपस्थित भए भने पार्कहरूमा २१ प्रतिशत नेपालीको चहलपहल कम रह्यो । यसको सोझो अर्थ लडकाउनका अवधिमा सुपरमार्केट र औषधि पसलहरूमा किनमेलका लागि ८३ प्रतिशत नेपाली पुग्ने गरेका थिए ।

लकडाउन अवधिमा सर्वाधिक धेरै सार्वजनिक यातायात र कार्यस्थल नेपालीहरू अनुपस्थित थिए । गुगलका अनुसार सार्वजनिक यातायातमा ३६ प्रतिशत र कार्यस्थलमा ३४ प्रतिशत चहलपहल कमी आएको थियो ।

आवासीय स्थलहरूमा पनि ११ प्रतिशत उपस्थिति/चहलपहल कम भएको गुगलको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित समय १८:१३ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु