fbpx
NIC ASIA- magh 1

गृहपृष्ठ भारतले नेपाललाई दिने अनुदान घटायो

भारतले नेपाललाई दिने अनुदान घटायो

Nepal_india_Newskarobar

भारतले चालू आर्थिक वर्षका लागि नेपाललाई दिने अनुदानमा ठूलो कटाैती गरेको छ । भारतीय अर्थमन्त्री निर्मला सीतारमणद्वारा शनिबार संसदमा पेश गरिएको बजेटमा नेपाललाई दिइने अनुदान घटाइ ८ अर्ब भारुमा झारिएको छ ।

यसअघि आफैले ल्याएको बजेटमा नेपाललाई दिइने सहायता बढाएकी सीतामरणले अनुदानमा करिब ४ अर्ब भारूले कटाैती गरेकी छिन् ।

नेपालस्थित भारतीय राजदूतावासमार्फत सोझै र नेपाल सरकारमार्फत भारतीय अनुदानका विभिन्न आयोजनाहरू सञ्चालन हुने गरेका छन् । गत वर्षका तुलनामा भारतले दिने सहयोगमा ३३ प्रतिशतले कटाैती गरिएको हो ।

गत वर्ष २०१९/२० को मध्यावधि बजेटमा नेपालका लागि १२ अर्ब भारुका सहयोग स्वीकृत गरिएको थियो । त्यसअघि गत वर्षको पहिलो पूर्ण बजेटमा १० अर्ब ५० करोड भारु सहयोग दिने प्रस्तावित थियो ।

नेपाललाई दिइने सहयोग घटाइए पनि भुटानलाई दिइने सहयोगमा व्यापक वृद्धि गरिएको छ । बजेटमा गरिएको प्रस्तावअनुसार भुटानलाई २८ अर्ब ८४ करोड ६५ लाख भारु सहयोग प्रदान गरिने छ ।

गत वर्ष २०१९/२० को मध्यावधि बजेटमा भुटानलाई दिने भनेर प्रस्तावित गरिएको सहयोगभन्दा करिब ८ प्रतिशत बढी हो । गत वर्षका मध्यावधि बजेटमा भने सीतामरणले भुटानको सहयोगमा थाेरैले कटाैती प्रस्ताव गरेकी थिइन ।

नेपाल र भुटानबाहेक अफगानिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, म्यानमार, मंगोलियासहित केही अफ्रिकी मुलुकलाई समेत गरी कुल ६९ अर्ब ६ करोड ६५ लाख भारु अनुदान सहयोग प्रस्तावित गरिएको छ, यो गत वर्षको संशोधित सहयोग प्रस्तावभन्दा केही कम हो ।

गत वर्षका मध्यावधि बजेटमा ६९ अर्ब ६२ करोड ९६ लाख भारु सहयोग प्रदान गर्ने प्रस्तावित थियो ।

 

प्रकाशित समय १६:१४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु