fbpx
corona information

गृहपृष्ठ विजयबाबुले कोरेको बाटो

विजयबाबुले कोरेको बाटो

prakasakiya-newskarobar

आजभन्दा झन्डै दुई दशकअघि नेपालमा ‘अर्थ’ बिट लिएर पत्रकारिता गर्नु सजिलो थिएन । बिट पत्रकारिता नै भर्खर-भर्खर सुरु भएको समयमा स्व. विजयबाबु खत्रीले एउटा जोखिम मोलेका थिए । उनले कोरेको बाटो आज निकै फराकिलो भएको छ । सडक दुर्घटनामा परी विजयबाबुलाई गुमाएको आठ वर्ष बितेको छ । उनले कोरेको बाटो हामीले भुलेका छैनौं । आर्थिक पत्रकारिताका क्षेत्रमा विजयबाबुले जुन योगदान दिए, त्यसलाई कृतघ्न भएर बिर्सनु भनेको उनीप्रतिको मात्र होइन, नेपालका समग्र कर्मठ पत्रकारकै अवमूल्यन हो । विजयबाबुले नेपालको आर्थिक पत्रकारितामा मात्र योगदान दिएनन्, नेपालमा गैरआवासीय नेपाली (एनआरएनए) अभियान शून्य तहबाट अगाडि बढेको अवस्थामा उनले सम्बन्ध सेतुका रुपमा काम गरे । नेपाली मिडियामा एनआरएन अभियानलाई स्थापित गरेर एनआरएनहरूका हरेक मुद्दालाई बलियो ढंगले सरकारसमक्ष उभ्याउनका लागि उनले निकै महत्वपूर्ण भूमिका खेलेका छन् । त्यसैले पहिलो पुस्ताका एनआरएनए अभियन्तासँग स्व. विजयबाबुको नजिकको भावनात्मक सम्बन्ध थियो ।

यस्तै अहिले देशको अर्थतन्त्रमा रेमिट्यान्सको योगदान दिनप्रतिदिन बढ्दै गएको छ । रेमिट्यान्समात्र होइन, रेमिट्यान्स आर्जन गर्ने वैदेशिक रोजगारीमा गएका श्रमिक र तिनीहरूको व्यवस्थापनको जिम्मेवारी सम्हालेका म्यानवपार व्यवसायीको मुद्दालाई समेत नेपाली मिडियामा स्थापित गर्न/गराउनमा विजयबाबुको महत्वपूर्ण योगदान रह्यो । जतिबेला उनले कान्तिपुर दैनिकमार्फत वैदेशिक रोजगार, रेमिट्यान्स र एनआरएनए अभियानका समाचारहरू पस्केर यी विषयमा राज्य र जनमानसको ध्यान खिचे, त्यसबेला यस्ता किसिमका अर्थ समाचारले निकै कम प्राथमिकता पाउँथे ।

नेपालमा आर्थिक पत्रकारिताको क्षितिज फराकिलो छ र यसलाई केही बलियो प्रयासले अझ फैलाउन सकिन्छ भन्ने सम्भावना स्व. विजयबाबुले आजभन्दा एक दशकअगाडि नै देखाइसकेका छन् ।

नेपालको पहिलो आर्थिक पत्रिकाका रूपका कारोबार दैनिक स्थापना गरेर स्व. विजयबाबुले नेपालको आर्थिक पत्रकारितामा अर्को महत्वपूर्ण योगदान पुर्‍याए । कारोबारलाई एउटा उचाइमा पुर्‍याउने क्रममा २०६८ साल मंसिर १२ गते सडक दुर्घटनामा परी ३४ वर्षका कलिलो उमेरमै विजयबाबुले इहलोक त्याग गरे । निधनपश्चात उनले कोरेकै मार्गलाई मूलबाटो मानेर, उनले गरेको त्याग, समर्पण र योगदानप्रति समर्पित हुँदै हामीले सञ्चालनमा ल्याएको न्युज कारोबार अनलाइन पत्रिका पनि अहिले फराकिलो बाटो हिँड्न प्रयासरत छ ।

नेपालमा आर्थिक पत्रकारिताको क्षितिज फराकिलो छ र यसलाई केही बलियो प्रयासले अझ फैलाउन सकिन्छ भन्ने सम्भावना स्व. विजयबाबुले आजभन्दा एक दशकअगाडि नै देखाइसकेका छन् । देशमा आर्थिक विकासका अवसर अझ फैलिँदै जाने सम्भावनाका ढोका खुल्दै छन् । संघीयतासँगै आर्थिक विकासका लागि आधार तयार हुँदै छ । यस्तो अवस्थामा पत्रकारिताको दायरा पनि अझ बढी फैलिँदै छ । स्व. विजयबाबु कल्याणकारी पत्रकारिताका पक्षधर थिए । पत्रकारितासँगै अन्य कल्याणकारी भूमिकालाई अघि बढाउने उनको सोचलाई हामीले हाम्रा सहायक संस्थामार्फत अगाडि बढाइरहेका छौं । यसै क्रममा आरम्भ गरिएको घुम्ती बिमा अभियानलाई नेपाल सरकारले समेत अनुशरण गरेर बिमा समितिमार्फत पनि अगाडि बढाउँदैछ । आगामी दिनहरूमा स्व. विजयबाबुका अधुरा सपनालाई आधार बनाउँदै नेपालमा लोककल्याणकारी पत्रकारितालाई गति दिने प्रण गर्दछौं । विजयबाबुप्रति हार्दिक श्रद्धासुमन ।

प्रकाशित समय ११:५७ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु