fbpx

गृहपृष्ठ सहयोगी भावना भएका मुलुकमा नेपाल ५२ औं स्थानमा

सहयोगी भावना भएका मुलुकमा नेपाल ५२ औं स्थानमा

Help_NewsKarobar

औसत नेपालीहरूको सहयोगी भावना बढी भएका कारण नेपाल ‘गिभिङ इन्डेक्स’का आधारमा दक्षिण एसियाली मुलुकहरुमध्ये दोस्रो स्थानमा परेको छ । विश्वका १२८ मुलुकका १३ लाख मानिसहरूबीच विगत १० वर्षको अवधिमा गरिएको सर्वेक्षणअनुसार सहयोगी भावनामा नेपालीहरू भारतीयभन्दा अगाडि देखिएका हुन् ।

‘जीएफ गिभिङ इन्डेक्स’ अनुसार नेपाल ५३ औं स्थानमा छ भने भारत ८२ औं स्थानमा छ ।  दक्षिण एसियाली मुलुकहरूमध्ये श्रीलंका नवौं स्थानमा, नेपाल ५२ औं स्थानमा, अफगानिस्तान ६३ औं, पाकिस्तान ६९ औं, बंगलादेश ८१ औं र भारत ८२ औं स्थानमा छ ।

सर्वेक्षणमा नचिनेकालाई सहयोग, कल्याणकारी (च्यारिटी) संस्थालाई दान र विगत एक महिनाको अवधिमा गरिएको स्वयंसेवाका आधारमा सूचकांक तय गरिएको थियो ।

नेपाल नचिनेका व्यक्तिलाई सहयोगका आधारमा ८० औं स्थानमा छ भने कल्याणकारी संस्थाहरूलाई दिइने दानका आधारमा ४७ औं र स्वयंसेवाका आधारमा ३४ औं स्थानमा छ । नेपालले ३३ प्रतिशत स्कोर पाएको छ ।

नेपालमा दिइने दान वा संस्थागत सहयोग कतै अभिलेखित नहुने भएकाले केही पछाडि परेको भए पनि एसियाकै चौथो ठूलो अर्थतन्त्र र विश्वकै धेरै अर्बपतिहरू उदाउँदै गरेको भारतभन्दा अगाडि देखिएको छ ।

प्रतिवेदनअनुसार भारतका अर्बपतिहरूमा कम दान दिने वा सहयोग गर्ने प्रवृत्ति छ । सबैभन्दा रोचक पक्ष, गिभिङ इन्डेक्सका आधारमा अमेरिका विश्वकै पहिलो स्थानमा छ भने चीन विश्वकै पुछारमा छ । चीनले जम्मा १६ प्रतिशतमात्रै स्कोर पाएको छ ।

यसले चिनियाँहरूमा दान दिने, सहयोग गर्ने वा स्वयंसेवा गर्ने प्रवृत्ति कम रहेको देखाउँछ ।

प्रकाशित समय १८:०८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु