fbpx
Nepal Mediciti

गृहपृष्ठ कम्ब्याट ड्रेसमा पुनः रोक

कम्ब्याट ड्रेसमा पुनः रोक

camouflage_Dress_Newskarobar

गृहमन्त्रालयले आन्तरिक रूपमा परिपत्र गरेर पुनः कम्ब्याट ड्रेस लगाउनमा रोक लगाएको छ । यस्तो ड्रेसका दुरुपयोग बढेको भन्दै गृहमन्त्रालयले दशैंका केही दिनअघि परिपत्र गरेको गरेको हो ।

विशेषगरी, चिनियाँ राष्ट्रपति सी जिनपिङका भ्रमणलाई लक्षित गरेर सुरक्षा सावधानी बढाइएसँगै कम्ब्याट ड्रेसमा पनि रोक लगाइएको हो । कब्याट ड्रेस लगाएर हिडनेलाई एक पटकका लागि सम्झाई बुझाई छाड्ने र नमानेमा सुरक्षा नियन्त्रणमा लिइने प्रहरी प्रधान कार्यालयका एक वरिष्ठ सुरक्षा अधिकारीले न्युज कारोबारलाई जानकारी दिए ।

माओवादी सशस्त्र द्वन्द्वका बेलामा समेत सर्वसाधारणालाई कम्ब्याट ड्रेस लगाउनमा रोक लगाइएको थियो । नेपाली सेनाले सर्वसाधारण, निजी सुरक्षा कम्पनीहरू र अपराधिक गतिविधिमा संलग्नहरूले कम्ब्याट ड्रेस लगाउँदा त्यसबाट सुरक्षा जोखिम बढेको भनेर यसमा रोक लगाउन गृह मन्त्रालयलाई अनुरोध गरेर पत्र लेखेको स्रोतले बताएको छ ।

 

प्रकाशित समय १२:३१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु