fbpx
Nepal Mediciti

गृहपृष्ठ नेपालको पासपोर्ट विश्वकै निकृष्टमध्ये एक

नेपालको पासपोर्ट विश्वकै निकृष्टमध्ये एक

Nepal Passport_NewsKarobar

नेपालको पासपोर्ट विश्वकै निकृष्ट १० मध्येमा परेको छ । ‘हेनली पासपोर्ट इन्डेक्स–२०१९’ अनुसार नेपालको पासपोर्ट विश्वकै खराबमध्ये दोस्रो स्थानमा छ ।

नेपालसँगैको सूचीमा लेबनान, उत्तर कोरिया, लिबिया, प्यालेस्टाइन, सुडान, यमन, सोमालिया, पाकिस्तान, सिरिया, इराक र अफगानिस्तान परेका छन् । यीमध्ये अधिकांश मुलुक द्वन्द्व र युद्ध प्रभावितमध्येमा पर्छन् ।

भिसा–फ्रि वा अन एराइभल भिसा पहुँच दिने ४० देशभित्र पर्ने नेपाल पनि निकृष्ट पासपोर्ट भएको देशमा परेको हो ।Worst Passports

विश्वका उत्कृष्ट पासपोर्ट भएका देशमा भने एसियाली मुलुकहरू जापान र सिंगापुर परेका छन् । सन् २०१४ मा अमेरिका र बेलायती पासपोर्ट विश्वकै उत्कृष्टमा पर्थे, ती दुवै मुलुकले आफ्नो स्थान गुमाएका हुन् ।

उत्कृष्ट पासपोर्ट भएका अन्य देशहरूमा फिनल्यान्ड, जर्मनी, दक्षिण कोरिया, डेनमार्क, इटाली, लक्जेम्बर्ग, फ्रान्स, स्पेन, स्वेडनसहितका देशहरू रहेका छन् । अमेरिका, बेलायत, स्वीजरल्यान्ड, नर्वेसहितका देशका पासपोर्ट भने छैठौं स्थानमा खस्केका छन् ।

प्रकाशित समय १५:३१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु