fbpx
Nepal Mediciti

गृहपृष्ठ केन्यामा फस्टाउँदो ‘सेक्स टुरिजम’: फँस्दै नेपाली युवती

केन्यामा फस्टाउँदो ‘सेक्स टुरिजम’: फँस्दै नेपाली युवती

Kenya_Sex Tourism_NewsKarobar

नेपालको एक ब्युटी पार्लरमा काम गरिरहेकी शीलालाई केन्यामा काम पाइने प्रस्ताव आयो, तलब सात गुणा अधिक भनिएको थियो । काम थियो- केन्याको एक नाइट क्लबमा नाच्ने । नाच्ने कामलाई नाम दिइएको थियो- कल्चरल डान्स । यस्तो कामको प्रस्ताव आएपछि ब्युटिपार्लरको रोजगारीबारे दोहोर्‍याएर पनि सोचिनन् ।

पहाडी क्षेत्रबाट आएकी २३ वर्षीया शीलाले यसअघि पूर्वी अफ्रिकी राष्ट्र केन्याबारे केही सुनेकी थिइनन भने उनलाई नर्तकी (डान्सर) को कुनै अनुभव पनि थिएन । रोजगारीका प्रस्ताव दिनेले कन्ट्राक्ट पेपर पनि देखाएनन् । क्लबका मालिकका बारेमा केही पनि बताएनन् ।

वृद्ध आमाबुवाका खर्च, औषधि उपचारको खर्च, मोटरसाइकल एक्सीडेन्टमा घाइते भाइको उपचारका लागि शीलाले ६० हजार केन्याली सिलिङ (करिब ६ सय अमेरिकी डलर)को पारिश्रमिकमा काम गर्नका लागि स्वीकार गरिन् । उनलाई तलबबाहेक निःशुल्क खानेपिउने, बस्ने र सबै यातायात खर्च पनि दिइने बताइएको थियो ।

शीला विभिन्न माध्यमबाट पूर्वी केन्याको मोम्बासा शहर पुगिन्, तर काम सुरु हुनेवित्तीकै उनै असमन्जसमा परिन् । ‘मैले जस्तो कुरा सोचेको थिएँ, त्यस्तो केही पनि थिएन । पुरुषहरू भरिएको नाइटक्लबमा राति ९ बजेदेखि बिहान ४ बजेसम्म बालिउडका गीतहरूमा नाच्नु पर्थ्यो,’ उनले भनेकी छन् । वरिपरि झुम्मिएका पुरुषहरूबाट उनले ‘टिप्स’ पनि पाउँथिन् ।

शीलाका अरु सपनाहरू पनि एकपछि अर्को गर्दै चकनाचुर हुँदै गएका थिए । ‘मलाई भनिएको थियो, जहाँसुकै जानका लागि पनि मसँग एउटा ड्राइभर हुनेछ, तर कामबाहेक मलाई फ्ल्याटबाट बाहिर निस्कन पनि दिइन । मसँगै पासपोर्ट वा फोन पनि थिएन,’ उनले भनिन् ।

केन्या : सेक्स टुरिजमको गन्तव्य

यो अवस्था शीला (नाम परिवर्तित)को मात्र होइन, नेपाल, भारत र पाकिस्तानका दर्जनौं युवतीहरू अहिले केन्याका नाइटक्लबको संसारमा फँसेका छन् । सबैले त्यहाँका वयस्क पुरुषहरूका लागि चल्ने नाइटक्लबमा बलिउड स्टाइलमा नृत्य गर्नुपछ ।

केन्याका मानवाधिकारकर्मी तथा प्रहरीका अनुसार यस्ता युवतीहरूलाई गैर कानुनी ढंगले काममा लगाइँदै आइएको छ । नेपाल मानव अधिकार आयोगको अद्यावधिक तथ्यांकअनुसार केन्या र त्यसको छिमेकी देशमा तान्जानियामा सन् २०१६ र २०१७ मा ४३ भन्दा अधिक नेपाली महिला कार्यरत पाइएको थियो । गत अप्रिल महिनामा केन्याको तटीय शहर मोम्बासाको नाइट क्लबबाट ११ जना नेपाली महिलाहरूलाई उद्धार गरिएको थियो ।

मोम्बासा क्लबका मालिक आसिफ आमिराली अलीभाई जेठामाथि मानव तस्करीसँग जोडिएका तीन मुद्दा दायर गरिएको छ । उनी क्यानडेली-ब्रिटिस नागरिक हुन् । उनले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै सबैलाई कानुनी रूपमै काममा लगाएको दाबी गरेको, यौन उत्तेजना फैलाउने नृत्य गर्न नलगाएको र यौन शोषण पनि नगरिएको बताए ।

केन्याका कैयन् सहरमा अहिले नाइटक्लब खुलिसकेको छ । केन्याली राजधानी नैरोबी, मोम्बासा, किसिमुलगायतका शहरहरुमा यस्ता डान्सबारहरू वर्षायामको च्याउसरि फैलदैछन् ।

मानव तस्करीविरुद्ध लड्दै आएका सामाजिक कार्यकर्ताहरूका अनुसार ती क्लबहरूमा युवतीहरूलाई यौनका लागि दाशी बनाएर राखिन्छ । त्यहाँ पुर्‍याइएका महिलाहरूलाई सुरुमै केही पेश्कीस्वरुप पैसा दिइन्छ, त्यसका बदलामा यौन उत्तेजक नृत्य गर्न र तिनीहरूलाई ग्राहकसँग यौन सम्बन्ध राख्न बाध्य तुल्याइन्छ ।

मानवाधिकार संगठन इक्वालिटी नाउकी अधिवक्ता अनिता न्यानजोङका अनुसार मानव तस्करीबाट मुक्त अधिकांश महिलाहरूले आफ्नो वास्तविक अनुभव पूर्ण रूपमा बताउँदैनन् । ‘अधिकांश पीडित युवती गरिब, रुढीवादी परिवारबाट आउने गरेका छन्, जहाँ यस्ता कुरा सामाजिक मर्यादा, लाजसँग जोडेर हेरिन्छ,’ उनले भनिन्, ‘पीडित युवतीलाई यौनका लागि बाध्य पारिए पनि उनीहरूले यसबारे मुख खोल्दैनन् ।’

केन्यामा ठूलो संख्यामा स्थानीय युवती र महिलालाई अहिले यौन व्यापारमा धकेलिँदैछ । त्यहाँ सेक्स टुरिजम फस्टाउँदै गएसँगै त्यहाँ ३ लाख २८ हजार मानिसहरू गुलामको जिन्दगी बाँचिरहेका छन् ।

हालैका दिनहरूमा केन्या प्रहरीले त्यहाँका मुजरा बारहरूमा छापा हान्न सुरु गरेको छ । ‘छापा मार्दा हामीले केन्याका तस्करहरूले काम गर्ने तरिका पत्ता लगाएका छौं,’ केन्याका क्रिमिनल इन्भेस्टिगेन्सनका एक अधिकारी भन्छन्, ‘विदेशमा तिनीहरूका एजेन्ट हुन्छन् । तिनले महिलालाई फकाइफुल्याइ ल्याउँछन् । कल्चरल डान्सरका रूपमा तिनलाई रोजगारी दिइन्छ । ती महिलालाई एक महिनाको तलब एड्भान्समा दिइन्छ । जब तिनीहरू केन्या पुग्छन्, आवतजावतमा रोक लगाइन्छ र तिनलाई मुजराजस्ता अश्लील र यौन उत्तेजना उत्पन्न गर्ने डान्स गर्न लगाइन्छ । यसका साथै ग्राहकसँग सेक्स गर्न पनि बाध्य पारिन्छ ।’

नेपालसहित दक्षिण एसियाका अधिकांश युवतीलाई टुरिस्ट भिसामा तीन महिनाका लागि केन्या लगिन्छ । शीलासमेत ११ युवतीलाई ९ महिनाको अवधिमा केन्या लगिएको थियो ।
उनीहरूलाई भारत र इथियोपियाको प्लेनबाट त्यहाँ पुर्‍याइएको थियो । अदालतमा वयान दिने क्रममा १६ देखि ३४ वर्षका ती महिलाहरूले आफूहरू केबल एउटा ह्यान्डब्याग लिएर पुगेको बताएका छन् । एयरपोर्टमा अध्यागमन अधिकारीहरूलाई उनीहरूले आफू परिवार अथवा साथीलाई भेट्न आएको बताएका थिए ।

ती महिलाहरूलाई हरेक रात राम्रो नाचेमा तिनीहरूलाई प्रतिमहिना ४ हजार डलरसम्म ‘टिप्स’ दिइने बताइने गरिएको गरिएको थियो । केन्याबाट उद्धार गरिएको २० वर्षीया मीना भन्छिन्- टप पफर्मेन्स गर्ने युवतीलाई टार्गेट पूरा गरेमा २० हजारदेखि ५० हजार (२०० देखि ५०० डलर) को बनोस दिइन्थ्यो तर हामीलाई नदिइएपछि हामी बोससँग भेट्न गयौं ।

उद्धार गरिएका महिलाहरूका अनुसार उनीहरूलाई यस्तो तरिकाले राखिएको थियो कि बस्ने ठाउँदेखि क्लबको सही ठेगानासम्म थाह थिएन । (थमसन रोयटर्स)

प्रकाशित समय १६:४१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु