fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ ‘रअ’को लगानीमा यसरी निस्कियो पत्रिका

‘रअ’को लगानीमा यसरी निस्कियो पत्रिका

भारतीय गुप्तचर संस्थाले नेपाली पत्रिकामा लगानी गरेको खुलासा

Inside Nepal Book_NewsKarobar

भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनाइलिसिस विङ (रअ)का एक जना पूर्व प्रमुख अमर भूषणले नेपालका राजा वीरेन्द्रको सक्रिय शासनकालका क्रममा (जनआन्दोलन ताका) राजालाई विफल पार्न ‘रअ’को लगानीमा २० पेजका नेपाली भाषाका साप्ताहिक पत्रिका प्रकासित भएको खुलासा गरेका छन् ।

नेपालमा भारतले चीनको बढ्दो प्रभाव कम गर्न र राजा वीरेन्द्रलाई गलाउनका लागि भारतले नेपालमाथि लगाएको नाकाबन्दीका बारेमा किताबमा विस्तृत चर्चा गरिएको छ । राजा वीरेन्द्रले भारतसँगका नेपाल-भारत मैत्री सन्धीकाे नवीकरण गर्न नमानेको, चीनसँग हतियार किनेको लगायतका कारण जनाउँदै भारत रुष्ट थियो ।

यसबाहेक आईएसआईलाई नेपालमा आश्रय दिएको र कश्मिरी आतंकवादीहरूलाई  पनि भगाउन सुविधा दिइरहेको भारतले आरोप लगाएको थियो । नेपाल मामिला हेर्ने गरी रअका सहायक बाहिरी एजेन्सीका रुपमा  पूर्वी सेवा ब्युरो (ईएसबी) बनाउने निर्णय गरेको रअका पूर्वविशेष सचिव भूषणले खुलासा गरेका छन् ।

नेपालमा लगाएको आर्थिक नाकाबन्दीका क्रममा पनि तस्करीबाट आपूर्ति भएको इन्धन, औषधि र खाद्यान्नले गर्दा नाकाबन्दी असफल हुन थालेपछि रअले आफ्नो योजना बदलेको किताबमा उल्लेख छ ।

यथार्थ घटनाक्रममा आधारित उक्त किताबका अनुसार ‘जीवननाथन’ नामक गुप्तचर पात्रले गोरखपुरका कुख्यात तस्कर रघुपति त्रिपाठीसँग गोप्य बैठक गरेर पाँच दिनका लागि तस्करी पूरै रोक्न अनुरोध गरे । फलतः यसका तीन दिनमै नेपालमा अत्याश्यक वस्तुहरूको तस्करीमा ठूलो गिरावट आयो र नाकाबन्दीका ११औं दिन नेपालका राजा वीरेन्द्र गलेर नयाँ दिल्लीसँग द्विपक्षीय मुद्दाहरूमा वार्ता गर्ने प्रस्ताव गरे ।

ईएसबीले चलाएका थुप्रै गोप्य र महत्वपूर्ण अप्रेसनमध्ये एक थियो, नेपाली भाषामा पत्रिका निकालेर राजा वीरेन्द्रविरुद्ध प्रोपोगान्डा फैलाउनु । यसै क्रममा नयाँ दिल्ली (भारतीय संस्थापन)का लगानीमा स्पष्ट सम्पादकीय लाइनसहित नेपालीमा एक साप्ताहिक पत्रिका प्रकाशित गरियो, जसले नेपालका राजाका गलत क्रियाकलापको उजगार गर्ने, विद्रोहीहरूका गतिविधिलाई प्राथमिकताका साथ प्रकाशित गर्ने काम गर्थ्यो । किताबका अनुसार २० पेजका उक्त पत्रिकाको नाम बिहानी राखियो, जुन नेपालमा छिट्टै लोकप्रिय पनि भयो । यद्यपि, किताब साहित्यिक बनाइएका कारण पत्रिकाका नाम फेरिएको सहजै अनुमान गर्न सकिन्छ।

२०४६ सालका जनआन्दोलनका समयमा निकालिएको २० पेजको उक्त साप्ताहिक पत्रिका कुन थियो त ? यसबारे इतिहासले नै बोल्नेछ ।

भारतकाे प्रभाव बढाउनका लागि भारतका के तत्कालीन प्रधानमन्त्री राजीव गान्धीले नेपालमा कैयन व्यक्तिमाथि कडा कारबाही गर्ने सल्लाह दिएको भए पनि उनले त्यसभन्दा अगाडि बढेर आर्थिक नाकाबन्दीले लगाइदिए, जुन भारतका लागि प्रत्युत्पादक बन्यो । 

भारतीय हथकन्डाहरूसामु राजा झुके र नेपालले हतियार किन्दा भारतको सहमति लिने, आतंककारी क्रियाकलापविरुद्ध संयन्त्र बनाउने सहमति गरे, किताबमा लेखिएको छ ।

 

प्रकाशित समय १४:५८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु