fbpx
Nepal Mediciti

गृहपृष्ठ नासामा संस्कृतका ६० हजार पाण्डुलिपि अनुसन्धानका लागि सुरक्षित

नासामा संस्कृतका ६० हजार पाण्डुलिपि अनुसन्धानका लागि सुरक्षित

संस्कृत भाषा : नेपालले छोड्दै, विश्वले अँगाल्दै

Sanskrit fever grips Germany newskarobar

‘म पनि संस्कृत सिक्दै छु’ नासाका प्रमुख रोबर्ट लाइटफुट जुनियर भन्छन् । नासा पनि संस्कृत सिक्दै छ । आधुनिक युगलाई डो-याउने नासाले संस्कृत सिक्नुको कारण नेपालीका लागि निकै घतलाग्दो छ ।

नासाका प्रमुख रोबर्ट लाइटफुट जुनियर भन्छन्, ‘म पनि संस्कृत सिक्दै छु तर पूर्वीयहरूले संस्कृत किन बिर्संदै छन्, म अचम्ममा पर्छु ।’

नासा प्रमुख लाइटफुटले आफूले संस्कृत बोल्ने अभ्यास गरिरहेको बताएका छन् । उनले संस्कृत संसारकै सबैभन्दा स्पष्ट भाषा भएको भन्दै आफू पनि यो भाषा बोल्ने अभ्यासमा लागेको बताउँछन् । उनी २० जनवरी २०१७ देखि २३ अप्रिल २०१८ सम्म नासाको कार्यकारी प्रशासकको काम गरिसकेका वैज्ञानिक हुन् ।

पहिले भारत वर्षमा संस्कृत भाषामै सञ्चार हुने गरेको बताउँदै लाइटफुटले अहिले त्यहाँका नागरिकले किन संस्कृतलाई उपेक्षा गरेको देखेर अचम्ममा लागेको बताए । यसअघि पनि राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन (नासा) मा संस्कृत सिक्ने काम भइरहेको समाचार आइसकेको थियो ।

नासामा संस्कृत भाषाको अध्ययन सुरु भइसकेको छ । अन्तरिक्षमा पुगेपछि भएको भाषिक समस्याको समाधान संस्कृतबाहेक अन्य भाषाबाट सम्भव देखिएन । त्यसैले नासाका प्रमुख स्वयं संस्कृत भाषा सिक्दै छन् । एसिया मूलका मानिसलाई भन्दा पश्चिमाहरूलाई संस्कृत उच्चारण गर्न साँच्चै असजिलो छ ।

प्रारम्भिक उच्चारणमा अभ्यास भइसकेपछि भने संस्कृत सिक्न सहज हुन्छ । यसको उच्चारण प्रस्ट छ । अर्थ टक्क बुझिन्छ । शब्द सुनेपछि अर्थमा यो हो वा त्यो हो भन्ने द्विविधा संस्कृतमा हुँदैन । यो स्पष्टता संस्कृतमा रहेको तथ्य बुझेपछि नासाको एक अनुसन्धान टोलीले संस्कृतको सागरमा डुबुल्की लगाउन सुरु गरेको हो । उनीहरू संस्कृतबाट अरु के-के विकास गर्न सकिन्छ भनेर अध्ययन गरिरहेका छन् ।

विश्व भाषाको इथियोलोगु सूचीका अनुसार विश्वमा करिब ६ हजार ९ सय भाषा अस्तित्वमा छन् । विश्वमा सबैभन्दा धेरै मानिले बोल्ने भाषा चिनियाँ हो । फ्रेन्च र इटालियन भाषा सबैभन्दा सरल रहेको बताइन्छ ।

संस्कृत आफैँमा विशाल र परिष्कृत भाषा हो । संस्कृत ज्ञान, विज्ञान, दर्शन, कला आदि सबै विषयले भरिपूर्ण छ । संस्कृतमा जति शब्द संसारका कुनै पनि भाषामा छैनन् । यही संस्कृतको व्याकरण यति व्यवस्थित छ कि सबैभन्दा कम समयमा यो भाषा सिक्न सकिन्छ । अहिलेसम्म संस्कृतमा १ खर्ब २ अर्ब ७८ करोड ५० लाख शब्दको प्रयोग भएको पाइन्छ । भाषाशास्त्रीहरू कम्प्युटरमा संस्कृत भाषाको प्रयोग भए यसको दायरा व्यापक फराकिलो बन्ने बताउँछन् । अरू भाषामा कुरा गर्दा धेरै शब्द उच्चारण गर्नुपर्ने हुन्छ । संस्कृतमा अन्य भाषाको तुलनामा कम शब्दमा कुरा गर्न सकिन्छ ।

युनिभर्सिटी अफ सिकागो ओक एमआईटी जस्ता संस्थानले अहिले संस्कृत सिकाइरहेका छन् । नासाको एक विभागले प्राचीन संस्कृतमा लेखिएको पुराना हस्तलिखित सामग्रीको अनुसन्धान गरिरहेको छ । संसारमा बोलिने भाषामा सबैभन्दा स्पष्ट बोलिने भाषा संस्कृत रहेको रहेको नासाको बुझाइ छ । नासा छैटौं र सातौँ जेनेरेसनमाथि काम गरिरहेको छ । यो काम संस्कृतमा आधारित हुनेछ । यसैकारण संस्कृतको गहिराइ बुझ्न नासाले संस्कृतमा लेखिएका ६० हजार पाडुलिपि अनुसन्धान गर्दै छ ।

संस्कृतले स्मरण शक्ति बढाउने कुरा पनि प्रमाणित भइसकेको छ । संस्कृत पढ्ने विद्यार्थीले अरुको तुलनामा छिटो गणित र विज्ञान जस्ता विषय बुझ्न सक्छ । त्यसैले विश्वका कयौं इन्टरनेसनल स्कुलले संस्कृत भाषालाई अनिवार्य बनाएका छन् । केही अनुसन्धानमा पनि संस्कृत बोल्ने वा पढ्ने गर्दा शरीरका ग्रन्थिहरु सक्रिय हुने देखाइएको छ ।

संस्कृत भाषाका विशेषतालाई संक्षेपमा यसरी प्रस्तुत गर्न सकिन्छ । संस्कृत सबै भाषाको जननी भाषा मानिन्छ । नासाका अनुसार संस्कृत विश्वमा बोलिने सबै भाषाभन्दा स्पष्ट भाषा हो । संस्कृत संसारमा सबैभन्दा धेरै शब्द भएको भाषा हो । संस्कृत कुनै पनि विषयका लागि अद्भुत खजाना पनि हो । संस्कृतमा हात्ती बुझाउने एक सयभन्दा बढी वाचक शब्द छन् । यस्तै अन्य नाम शब्दका वाचक शब्द संस्कृतमा धेरै छन् ।

नासाले संस्कृतमा लेखिएका ६० हजारभन्दा बढी पाण्डुलिपिहरू अनुसन्धानका लागि सुरक्षित राखेको छ । संस्कृत भाषाका वर्णहरू उच्चाहरण गर्दा शरीरका सबै मांसपेशीको अभ्यास हुन्छ । यस्तो अरु कुनै पनि भाषामा हुँदैन । अमेरिकामा रहेको एक हिन्दु विश्वविद्यालयको एक अध्ययनअनुसार संस्कृतमा बोल्ने मानिसले रक्तचाप, मधुमेह, कोलेस्ट्रोल जस्ता रोगबाट मुक्ति पाउन सक्छ ।

यति विशेषता भएको नेपालीको सम्पत्ति संस्कृत अध्ययन अध्यापन गरी यसको उन्नयनमा लाग्नुपर्ने राष्ट्रले यसैको जगेर्नामा लागेका स्वर्गद्वारीजस्ता आश्रमको सम्पत्ति हडप्ने कानुन बनाउन खोज्नु लाजको विषय बन्न पुगेको छ ।

प्रकाशित समय १५:०८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु