fbpx
Nepal Mediciti

गृहपृष्ठ नेपालमा भिखारी पर्यटक !

नेपालमा भिखारी पर्यटक !

Mexican Beggar Tourist_NewsKarobar

केही समययता काठमाडौंमा भिखारी पर्यटक बढ्न थालेका छन् । विभिन्न देशबाट भारत हुँदै नेपाल आउने र भिख मारेर यहाँका खर्चबर्च चलाउने त्यस्ता भिखारी पर्यटकहरूले नेपालकै बदनाम गर्ने खतरा बढेको छ ।

यसै क्रममा राजधानीका सडकमा एक मेक्सिकोका भिखारी पर्यटक देखिएका छन् । राजधानीका सडकमा खेलाैना गितार बोकेर माग्न बसेका नेपाली भाषामा उनले लेखेका छन्- नमस्ते म मेक्सिको हुँ । म पैसाविना संसार यात्रा गर्छु । मलाई तपाईंको अद्भूत देश हेर्नको लागि भोजन र यातायातको लागि पैसा चाहिन्छ । धन्यवाद !

सरकारले सन् २०१८ मा करिब १२ लाख पर्यटकहरू बढ्यो भनेर गर्ब गरे पनि यस्तै भिखारी र पाउरोटी पर्यटकहरू बढेका कारणले गर्दा पर्यटकहरूले नेपालमा गर्ने खर्च घटेर गएको छ । पर्यटन विभागका अनुसार सन् २०१८ मा नेपाल आएका पर्यटकहरूले प्रतिदिन औसतमा ४२ अमेरिक डलर खर्चमात्र खर्च गरेका छन्, जुन २०१७ का तुलनामा १८ प्रतिशतले घटेको हो । सन् २०१७ मा पर्यटकहरूले प्रतिदिन ५४ अमेरिकी डलर खर्च गरेका थिए ।

नेपाल आउने पर्यटक औसतमा १२.४ दिनमात्रै नेपालमा बस्ने गरेका छन् । गत वर्ष कुल ११ लाख ७३ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । बढी पर्यटक आउने पाँच मुलुकहरुमा भारत (१६.५७%), चीन (१३.१%),अमेरिका (७.८३%),श्रीलंका (५.९४%) र बेलायत (५.४१%) रहेका छन् ।
सन् २०१७ मा बढी पर्यटक आउने मुलुकहरूमा भारत, चीन, अमेरिका, बेलायत र श्रीलंका नै थिए । नेपालमा हाल चीन, थाइल्यान्ड र श्रीलंकाका पर्यटक बढ्दै गएको विभागले जनाएको छ ।

सन् २०१८ मा स्थलमार्गबाट आएका बाहेक समग्र पर्यटक संख्या झन्डै २५ प्रतिशतले बढे पनि खर्च गर्ने पर्यटकका संख्या कम हुँदा नेपालले पर्यटन क्षेत्रबाट गर्नुपर्ने आयमा केबल ७ प्रतिशतले बढेर ७० अर्ब ३१ करोड ७९ लाख रूपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गरेको छ ।

नेपाल भित्रने कुल पर्यटकमध्ये ८२.८ प्रतिशत हवाइ मार्गबाट र स्थलमार्गबाट १७.२ पर्यटक आएका विभागले जनाएको छ । सन् २०१८ मा स्थलमार्गबाट आएका पर्यटकमध्ये भैरहवा नाकाबाट मात्र ८२.२ प्रतिशत र टिमुरे रसुवा नाकाबाट करिब १२ प्रतिशत पर्यटक नेपाल आएका छन् । यसमा स्थलमार्गबाट आएका भारतीय पर्यटकको संख्या जोडिएको छैन ।

बसमा खानपिनका सामानसमेत बोकेर आउने भारतीय पर्यटकसमेत जोड्दा नेपालमा अहिले नै २० लाख पर्यटक आउने गरेको अनुमान छ । तर यत्रो पर्यटक आए पनि भिखारी र खर्चका नाममा मम र चियामा बार्गेनिङ गर्ने पर्यटक बढेर नेपालका लागि खासै अर्थ छैन ।

प्रकाशित समय १६:०३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु