fbpx
Nepal Mediciti

गृहपृष्ठ सावधान, राजमार्गमा अवरोध पुर्‍याए सुरक्षाकर्मीले गोली पनि हान्नसक्छ

सावधान, राजमार्गमा अवरोध पुर्‍याए सुरक्षाकर्मीले गोली पनि हान्नसक्छ

सुरक्षाको मुख्य–जिम्मा सशस्त्र प्रहरीलाई

Rajmarga Surakshya_NewsKarobar

यदि कुनै बहानामा अब तपाई‌ं विगतमा जस्तो राजमार्गमा टायर बालेर, मुढा तेर्स्याएर, हुलहुज्जत गरेर राजमार्ग अवरोध गर्न जाँदै हुनुहुन्छ भने सावधान, प्रहरीले राजमार्ग खुलाउन अब गोलीसमेत हान्नसक्ने अधिकार दिइएको छ । तर, एकै पटक गोली भने हान्दैन, पहिला सम्झाइबुझाइ गरेर, चेतावनी नदिँदा, सबै किसिसका उपाय अपनाउँदासमेत अवरोध नखुले सकेसम्म कम क्षति हुने गरी कारबाही गर्ने अधिकार दिइएको हो ।

सरकारले  भर्खरैमात्र राजमार्ग सुरक्षाको मुख्य जिम्मा सशस्त्र प्रहरीलाई दिनेगरि ‘राजमार्ग (सडक)मा हुने अवरोध हटाउन गर्नुपर्ने सुरक्षा कारबाहीको कार्यविधि’ तयार पारेको छ । अब देशका सबै राजमार्ग र सहायक मार्गमा हतियार र गोलीगठ्ठा बोकेका सशस्त्र प्रहरीले २४ सै घण्टा गस्ती गर्नेछन्।

गृहमन्त्रालयद्वारा तयार पारिएको यो कार्यविधिअनुसार अब राजमार्गमा कुनै पनि किसिमको अवरोध भएमा तत्कालै तीनै वटा सुरक्षा निकाय परिचालन गरेर कम्तिमा १० मिनेटभित्रै राजमार्ग खुलाइने छ ।
आवश्यक परेको खण्डमा प्रमुख जिल्ला अधिकारीले नेपाली सेनाका स्थानीय संयन्त्रलाई लिखित आग्रह गरी राजमार्ग खुलाउन सेनाको समेत सहयोग लिनसक्ने अधिकार प्रत्यायोजन गरिएको छ ।
राजमार्ग खुलाउनका लागि प्रमुख जिल्ला अधिकारीले स्थानीय प्रशासन ऐन–२०२८, अत्यावश्यक वस्तु संरक्षण ऐन–२०१४ लगायतका कानुन प्रयोग गरि सुरक्षाकर्मीलाई निर्देशन दिने व्यवस्था उक्त कार्यविधिमा गरिएको छ । कार्यविधिअनुसार पहिला सुरक्षाकर्मीले अवरोध हटाउन माइकिङ गर्ने, अवरोध गर्ने समूहलाई सम्झाइ–बुझाइ, आग्रह गरी अवरोध हटाउन आग्रह गर्ने, यसो गर्दा पनि नमानेमा कारबाहीको चेतावनी दिने र ‘कमभन्दा कम क्षति पुग्ने गरी आवश्यक कारबाही’ गरेर अवरोध हटाइने भएको छ । यस अनुसार आवश्यक परेको खण्डमा सुरक्षा संयन्त्रले अवरोध हटाउन कम मानवीय क्षति हुने गरी लाठीचार्ज, पानी फोहरा प्रयोगदेखि अश्रुग्यास प्रहारलगायतका सबै उपाय अपनाउन सक्ने अधिकार दिइएको छ ।
‘आवश्यक कारबाही’ गर्दा परिचालित सुरक्षाकर्मीले मानव अधिकारको पूर्ण परिपालना गर्ने कार्यविधिमा उल्लेख छ । कारबाहीका क्रममा अराजक गतिविधिमा संलग्न व्यक्ति वा समूहलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गर्ने अधिकार सुरक्षासंयन्त्रलाई दिइएको छ ।
राजमार्गमा हुनसक्ने अवरोध हटाउनका लागि अब प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा एक विशेष संयन्त्र बनाइने भएको छ, जसले राजमार्गमा अवरोध हुनसाथ जिल्लास्थित सुरक्षा संयन्त्र परिचालन गरेर १० मिनेटभित्रमा अवरोध हटाउने व्यवस्था गर्नुपर्नेछ ।
उक्त संयन्त्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका स्थानीय प्रमुखहरू, स्थानीय तहको प्रशासकीय अधिकृत, यातायात कार्यालयको प्रमुख, डिभिजन सडक कार्यालयको प्रमुख, ट्राफिक प्रहरी कार्यालयको प्रमुख र यातायात व्यवसायीमध्येबाट एक जना सदस्य रहने व्यवस्था गरिएको छ ।
संयन्त्रले राजमार्गको अवरोध तत्काल हटाउन आवश्यकताअनुसार स्थानीय तह, स्थानीय प्रशासन र नागरिक तथा अन्य सरोकारवालाहरूसँग समन्वात्मक प्रयास गर्ने कार्यविधिमा उल्लेख छ ।

सशस्त्र प्रहरीलाई राजमार्गको जिम्मा

कार्यविधिले राजमार्ग सुरक्षाको मुख्य जिम्मा भने सशस्त्र प्रहरीलाई दिएको छ । राजमार्ग सुरक्षा योजना अनुसार देशभरिका राजमाार्गहरूमा हुने अपराध एवं आपधारिक क्रियाकलपा नियन्त्रण गर्न सबै राजमार्गहरू र सहायक मार्गमा प्रत्येक २०–२० किलोमिटरको दूरीलाई समेट्ने गरी ३० मिनेटभित्रमा घटनास्थलमा पुग्ने गरी अब सशस्त्र प्रहरीले राजमार्ग सुरक्षा पोष्ट स्थापना गर्नेछ ।

“राजमार्गमा हुने बन्द, हड्ताल, चक्कााजाम, यात्रुवाहक बसमा हुने आगजनी, तोडफोड, बम विष्फोटन, चोरी, डकैती, लुटपाट, ठगी, धम्की, अपरहणजस्ता घटनाका कारण अबरुद्ध सडकलाई सुरक्षा प्रदान गरी सडक सुचारु गर्न एवं उद्धार कार्य गर्न र सडक दुर्घटना तथा बाढी पहिरोजस्ता मानवजन्य र प्राकृतिक प्रकोपको अवस्थामा पीडितहरूलाई उद्दार तथा सडक व्यवस्थापन गर्न राजमार्गमा नियमित रूपमा मोबाइल गस्ति परिचालन गर्ने,” राजमार्ग सुरक्षा कार्यविधिमा भनिएको छ ।
सडक सुरक्षाका लागि सशस्त्र प्रहरीका गणहरू एवं सीमा सुरक्षा कार्यालयहरूमा आकस्मिक उद्धार मेडिकल टिमसहितको एम्बुलेन्स तयारी हालतमा राख्ने, २४ सै घण्टा आवश्यक हतियार, गोलीगठ्ठा र ‘असबाब’का साधनसहित जुरियन अधिकृतको कमान्डमा तत्काल सेक्सन प्सल टोली परिचालित हुने व्यवस्था कार्यविधिमा गरिएको छ भने सशस्त्र प्रहरीले राजमार्ग अवरोधका सूचना पाउनासाथ परिचालित हुने गरी क्यूआरटी टिम पनि बनाउनु पर्नेछ ।

प्रकाशित समय १६:०९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु