fbpx
corona information
NICASIA BANK- Chait 15

गृहपृष्ठ गण्डकी

करिब सात सय मजदुरलाई घर पठाइयो
करिब सात सय मजदुरलाई घर पठाइयो

कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउनका कारण म्याग्दीमा अलपत्र परेका करीब सात सय मजदूरलाई घर पठाइएको छ । म्याग्दीमा सञ्चालित विभिन्न विकास आयोजनामा कार्यरत मजदूरलाई सम्बद्ध निर्माण व्यवसायीमार्फत यातायातका साधन व्यवस्थापन गरेर घर पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ...

कोरोना नियन्त्रणमा सामूहिक प्रयास : मुख्यमन्त्री गुरुङ
कोरोना नियन्त्रणमा सामूहिक प्रयास : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारका लागि सबैको सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् । नेपालीको महत्वपूर्ण संस्कृतिक पर्व चैतेदशैँको उपलक्ष्यमा आज शुभकामना सन्देश दिँदै उनले महामारीबाट विश्व समुदायलाई नै गम्भीररूपमा प्रभावित गरिरहेको...

शुक्लागण्डकी नगरपालिकाद्वारा ६० लाखको कोष स्थापना
शुक्लागण्डकी नगरपालिकाद्वारा ६० लाखको कोष स्थापना

तनहुँको शुक्लागण्डकी नगरपालिकाले कोभिड–१९ को जोखिम नियन्त्रण र राहत सामग्री व्यवस्थापनका लागि ६० लाख रुपैयाँको कोष खडा गरेको छ । कार्यपालिकाको बैठकले प्रकोप व्यवस्थापन कोष खडा गरेर ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको हो । संक्रमण नियन्त्रणका लागि आवश्यक सामग्री...

रुपा गाउँपालिकामा दुईभन्दा बढी भेटघाट बन्द
रुपा गाउँपालिकामा दुईभन्दा बढी भेटघाट बन्द

कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणका लागि कास्कीको रुपा गाउँपालिका कार्यपालिकाको मंगलबार बसेको विशेष वैठकले बुधबार साँझदेखि गाउँपालिका आउने र जाने क्रमलाई पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष नवराज ओझाले लकडाउन प्रभावकारी बनाउन आठ नाकामा प्रहरीसहितको कोरोनाविरुद्ध...

गोरु काटेको अभियोगमा ३ जना पक्राउ
गोरु काटेको अभियोगमा ३ जना पक्राउ

महाशिला गाउँपालिका- २, भोक्सिङ बस्ने सुजन गुरुङसमेत ३ जनालाई गोरू काटेको अभियोगमा शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनीहरुले गोरु काट्दै गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लुंखुदेउरालीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरू...

विदेशबाट आएका १८२ होम क्वारेन्टाइनमा
विदेशबाट आएका १८२ होम क्वारेन्टाइनमा

कोरोना भाइरसको सम्भावित संक्रमणबाट जोगिन विदेशबाट फर्केकाको खोजी कार्य तीव्र पारिएको छ भने फर्केकामध्ये १८२ जनालाई होम क्वारेन्टइनमा राखिएको छ । जिल्लाका सातवटै स्थानीय तह र ६१ वटै वडामा वैदेशिक रोजगारीबाट चैत १ गतेदेखि पछिल्लो समयसम्म आएकाको खोजी कार्य जारी...

क्वारेन्टाइनमा अत्यावश्कीय आवश्यकता पूरा गर्न मुख्यमन्त्रीको आग्रह
क्वारेन्टाइनमा अत्यावश्कीय आवश्यकता पूरा गर्न मुख्यमन्त्रीको आग्रह

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरसको सम्भावित संक्रमण न्यूनीकरणका लागि स्थापना भएका क्वारेन्टाइनमा अत्यावश्कीय आवश्यकता पूरा हुनुपर्ने बताएका छन् । सो प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको प्रदेश स्वास्थ्य निर्देशनालयले पोखरा महानगरपालिका–५ मालेपाटनस्थित कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्रमा स्थापित...

पोखराबाट ५९ फ्रान्सेली पर्यटकको उद्धार
पोखराबाट ५९ फ्रान्सेली पर्यटकको उद्धार

लकडाउनका कारण पोखरा आसपासमा फसेका ५९ जना फ्रान्सेली पर्यटकको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये अधिकांश मुस्ताङ घुम्न गएका थिए । काठमाडौंस्थित फ्रान्सेली दूतावासको पहलमा चार्टर विमानमार्फत उनीहरुलाई काठमाडौं लगिएको हो । लकडाउन भएलगत्तै काठमाडौं हुँदै स्वदेश फर्कन नपाएका उनीहरु...

अन्नपूर्ण बेसक्याम्प बन्द, २९ पदयात्री काठमाडाैं पठाइए
अन्नपूर्ण बेसक्याम्प बन्द, २९ पदयात्री काठमाडाैं पठाइए

अन्नपूर्ण बेसक्याम्प (एबीसी) आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने नेपालको प्रमुख पदमार्गमध्ये एक हो । जुन अहिले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण बन्द गरिएको छ । केही समयअघि हिमपहिरो गएपछि बन्द भएको एबीसी फेरि महामारीको चपेटामा परेको छ...