गृहपृष्ठ बागमती
राजस्व लक्ष्य पुर्याउन अभियान, महानगरको टोली करदाताका घर-घरमा
न्युज कारोबार

महानगपालिकाले पुस मसान्तभित्र राजस्व बुझाएमा २० प्रतिशत छुट दिएको थियो । विगतका वर्षहरूलाई हेर्दा यहाँ व्यवसाय कर पुसपछि तिरेको देखिन्छ भने सम्पत्ति कर पुसअगाडि बुझाएको पाइन्छ । पछिल्ला वर्षहरूमा निजी क्षेत्रको लगानी महानगरमा बढ्दै गएको छ ।

राष्ट्रिय समावेशी आयोगले विभिन्न सिफारिस समेटिएको वार्षिक प्रतिवेदन बागमती प्रदेश प्रमुखलाई बुझाएको छ । आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले प्रतिवेदन शुक्रबार वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हस्तान्तरण गरे । प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख प्रसाईंले आयोगको बोर्ड पूर्ण नहुँदा पनि...

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वासको प्रस्ताव प्रदेशसभामा पेश भएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीबाट राजीनामा दिएका अरुणप्रसाद नेपालले अविश्वासको प्रस्ताव पेश गरेका हुन् । गत पुस १० गते प्रदेश सरकारका तीन मन्त्रीसहित सत्तापक्षका...

बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले ६ वटा विधेयक प्रमाणीकरण गरेका छन् । प्रमुख प्रसाईंले विधेयक प्रमाणीकरण गरेको बुधबार बसेको बागमती प्रदेशको सातौँ अधिवेशनको पहिलो बैठकमा प्रदेश सभामुख सानुमार श्रेष्ठले जानकारी दिए । सभामुख श्रेष्ठका अनुसार प्रदेश प्रमुख प्रसाईंले संविधानको...

चौरीदेउराली गाउँपालिका- ३, माझिफेदाका ७५ वर्षीय साइलीमाया तामाङले घरनजिकै रहेको वडा कार्यालयमा सोमबार पहिलोपटक बैंक खाता खोलिन् । ज्येष्ठ नागरिक र अशक्तहरुको सामाजिक सुरक्षा भत्ता वितरणका लागि सरकारले बैंक खाता खोल्न अनिवार्य बनाएपछि जिल्लाको कोशीपारि क्षेत्रका वडा कार्यालयले वडामा नै...

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र संविधानको रक्षाका लागि सबै एक हुनुपर्ने बताएका छन् । कांग्रेस चितवन क्षेत्र नम्बर २ ले पूर्व क्षेत्रीय सभापति भक्तिप्रसाद तिमिल्सिनाको सातौँ पुण्यतिथिका दिन आयोजना गरेको श्रद्धाञ्जली सभामा नेता पौडेलले लोकतन्त्र र संविधानको...

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वैशाखमा निर्वाचन हुन नसक्ने तर्क गरेका छन् । नेपाली कांग्रेस भरतपुर महानगर समितिले शुक्रबार भरतपुर महानगरपालिका–१९ शारदानगर टाउनमा आयोजना गरेको बृहतसभामा उनले वैशाखमा निर्वाचन नहुने दाबी गरेका हुन् । पौडेलले प्रतिनिधिसभा पुनःस्थापना भए कांग्रेस...

भीर पाखाका बीचमा ४५ मिटर चौडाइ र ८५ देखि १०० मिटरसम्म लम्बाइको खेलमैदान निर्माणको कल्पना गर्नु नै असम्भव लाग्छ । तर ‘आँट गरे के पुग्दैन र ?’ भन्ने नेपाली भनाइलाई चरितार्थ गर्दै यहाँ यो काम सम्पन्न भएको छ । बाह्रबिसे...

पवित्र तीर्थस्थल देवघाटमा स्नान गर्न आउनेहरुको यसवर्ष कमी आएको छ । गत वर्षका तुलनामा यस वर्ष भक्तजनको संख्या थोरै नै रहेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले जानकारी दिए । अघिल्ला वर्षहरूमा देवघाटमा स्नान गर्न आउने भक्तजन पाँच...

राक्सिराङ गाउँपालिका- १ स्थित गाल्छाराङ, दुंगु, ज्यामिरे र विरालिटारका ३० बिगाह जग्गामा अवैध रुपमा लगाएको अवैध लागूऔषध गाँजा खेती आइतबार प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर, ईलाका प्रहरी कार्यालय मनहरी र दंगा नियन्त्रण प्रहरी गण हेटौंडाबाट खटिएको...